काठमाडाैं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले जाबी अलोन्सोलाई आफ्नो मुख्य प्रशिक्षकमा नियुक्त गरेको औपचारिक घोषणा गरेको छ।
३० जुनमा वर्तमान प्रशिक्षण कार्यकाल सकिएपछि स्पेनिस प्रशिक्षक अलोन्सोले आगामी जुलाई १, २०२६ देखि आधिकारिक रूपमा स्ट्यामफोर्ड ब्रिजमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।
क्लबका अनुसार अलोन्सोसँग चार वर्षको सम्झौता गरिएको छ। बायर लेभरकुजेनलाई उनको ऐतिहासिक पहिलो बुन्डेसलिगा उपाधि दिलाउन सफल भएपछि अलोन्सो युरोपेली फुटबलमा सबैभन्दा बढी माग गरिएका प्रशिक्षकमध्ये एक बनेका थिए। रियल मड्रिड र लेभरकुजेनमा उनको प्रभावशाली प्रशिक्षण अनुभवलाई मध्यनजर गर्दै चेल्सीले उनलाई क्लबको भविष्यको नेतृत्व सुम्पने निर्णय गरेको हो।
आफ्नो नियुक्ति पछि खुसी व्यक्त गर्दै अलोन्सोले भने, ‘चेल्सी विश्व फुटबलकै ठूला क्लबहरूमध्ये एक हो र यस क्लबको प्रशिक्षक बन्न पाउनु मेरो लागि ठूलो गर्वको कुरा हो। क्लबको स्वामित्व र नेतृत्वसँगको कुराकानीबाट हामी दुवैको लक्ष्य स्पष्ट रहेको मैले महसुस गरेको छु’




















