केन्द्रबिन्दु, १४ पुस ।
जर्मनीका कस्मेटिक टाइकुन बास्तियन योटा र मारिया योटा आफ्नो लक्जरी लाइफ र पार्टीका लागि चर्चित छन् । एक समय यस्तो पनि थियो, बास्तियनसँग पैसा थिएन ।

अहिले उनी अर्बपति प्लेब्वाय हुन् । उनको घरलाई अहिले मानिसहरूले न्यू प्लेब्वाय मेन्सनको नामले पुकार्छन् ।

उनी कतिसम्म धनाढ्य र सौखिन छन् भने महिनामा एक करोडभन्दा बढी निजी खर्च गर्छन् ।

१. उनी जर्मनीमा रहँदा पुल पार्टी गर्थे । त्यो पनि दिन दिनै । यही कारण उनलाई छिमेकीले मन पराउँदैनथे ।

२. हरेक दिन उनको घरमा मदिरा पार्टी हुन्थ्यो । चर्को म्युजिक बजाइन्थ्यो । पुल पार्टी हुन्थ्यो । केटीहरू चिच्याइ–चिच्याई नाच्थे ।

३. यस्तै कारणले उनलाई छिमेकीले रुचाएनन् । उनले देश छाड्नुपर्यो ।

४. अहिले उनी अमेरिकाको लस एन्जल्समा बस्छन् । बास्तियनलाई पैसाको कुनै खाँचो छैन । उनी दैनिक पन्ध्र–बीस लाख रुपैयाँ खर्च गर्न सक्छन् ।

एजेन्सी





























प्रतिक्रिया