काठमाडाैं । गुणस्तरीय, नवप्रवर्तनमुखी र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीका कारण राजधानीका उत्कृष्ट प्लस टु गन्तव्यहरूमध्ये एक परिचित नाम हाे, युनिग्लोब प्रिमियर स्कुल/कलेज ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र विश्वविद्यालय अनुदान आयोगबाट मान्यता प्राप्त ‘युनिग्लोब कलेज’को गौरवशाली इतिहास र बलियो जगमा यस संस्थाको स्थापना भएको हो।
काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित यस संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व विकास र समग्र व्यक्तित्व निर्माणलाई मूल आधार बनाएर कक्षा ११ र १२ अन्तर्गत विज्ञान र व्यवस्थापन संकायकाे शिक्षालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ।
युनिग्लोब प्रिमियरकाे आकर्षण र विशेषता भनेकै ‘विद्यार्थी-केन्द्रित’ र ‘प्रविधिमैत्री’ शिक्षण पद्धति हो।
विज्ञान संकायमा एमबीबीएस, इन्जिनियरिङ तथा विदेशस्थित प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई अवधारणामूलक अध्ययन, अत्याधुनिक प्रयोगशाला र प्रवेश परीक्षा तयारी कक्षामार्फत विशेष मार्गदर्शन प्रदान गरिन्छ। त्यस्तै व्यवस्थापन संकायमा चार्टर्ड एकाउन्टेन्सी (सीए), वित्त, व्यवसाय र व्यवस्थापन क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान, केस–स्टडी आधारित शिक्षण र अनुभवी प्राध्यापकहरूको मार्गदर्शन उपलब्ध गराइन्छ।
यहाँको आकर्षण र विशेषता भनेकै ‘विद्यार्थी-केन्द्रित’ र ‘प्रविधिमैत्री’ शिक्षण पद्धति हो। “शिक्षा किताबी घेराभन्दा बाहिर हुनुपर्छ” भन्ने स्पष्ट दर्शन बोकेको यस संस्थाले परम्परागत सिकाइलाई भत्काउँदै ‘स्मार्ट क्लासरूम’, अत्याधुनिक ल्याब, र स्टीम बेस लर्निङमार्फत विद्यार्थीहरूलाई २१औं शताब्दीको डिजिटल युगका लागि तयार गरिरहेको छ।
पढाइ सँगसँगै शारीरिक तथा मानसिक विकासका लागि कलेजले बास्केटबल, क्रिकेट र युनिग्लोब फुटसल कोर्टसहितको फराकिलो र शानदार पूर्वाधार निर्माण गरेको छ, जहाँ विद्यार्थीले एक शान्त र ऊर्जावान् वातावरणमा सिक्ने अवसर पाउँछन्।
युनिग्लोबले विगतमा व्यवसायिक तथा व्यवस्थापन शिक्षामा हासिल गरेको सफलता, अन्तर्राष्ट्रिय सम्मेलनहरू, अनुसन्धानमुखी शिक्षण पद्धति र स्वर्ण पदक विजेता विद्यार्थीहरूको उपलब्धिले यस संस्थाको शैक्षिक विश्वसनीयतालाई अझ मजबुत बनाएको छ।
यहाँ विद्यार्थीहरूको प्रगति नियमित रूपमा अभिभावकसँग समन्वय गरी मूल्यांकन गरिन्छ।
युनिग्लोब प्रिमियरको अर्को विशेषता भनेको निरन्तर मूल्यांकन प्रणाली र व्यक्तिगत शैक्षिक निगरानी हो । विद्यार्थीहरूको प्रगति नियमित रूपमा अभिभावकसँग समन्वय गरी मूल्यांकन गरिन्छ। आवश्यकताअनुसार अतिरिक्त कक्षा, अनलाइन शैक्षिक सहयोग, करिअर काउन्सिलिङ तथा मेन्टरसिप कार्यक्रम सञ्चालन गरिन्छ। साथै, एसईईको नतिजा र प्रवेश परीक्षाका आधारमा छात्रवृत्ति प्रदान गर्ने व्यवस्थाले जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच विस्तार गरेको छ।
यदि तपाईं संस्कार, प्रविधि र उत्कृष्ट नतिजाको त्रिवेणी खोज्दै हुनुहुन्छ भने, नयाँ बानेश्वरस्थित युनिग्लोब प्रिमियर स्कुल/कलेज यस्तो एउटा शैक्षिक मञ्च हो, जसले हरेक विद्यार्थीको क्षमतालाई चिनेर उनीहरूको सपनालाई वास्तविक उडान भर्न सघाइरहेको छ।































प्रतिक्रिया