‘भवन सूचना मोडलिङ’सम्बन्धी तालिम हिमालय कलेज अफ इन्जिनियरिङमा आजदेखि सुरु

‘भवन सूचना मोडलिङ’सम्बन्धी तालिम हिमालय कलेज अफ इन्जिनियरिङमा आजदेखि सुरु

केन्द्रबिन्दु
273
Shares

ललितपुर । ‘भवन सूचना मोडलिङ’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम ललितपुरमा आजदेखि सुरु भएको छ।

स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ‘भवन सूचना मोडलिङ’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आजदेखि ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सुरु भएको छ । स्ट्रक्चरल इन्जिनियरहरूलाई लक्षित गरी आज विहिवारबाट आयोजना गरिएको यो तालिम जेठ १० गते सम्म चल्नेछ ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले स्ट्रक्चरल, मेकानिकल, अर्किटेक्चर इन्जिनियरहरुलाई एकअर्काबीच कसरी अन्तरआवद्धता गराउने भन्ने बिषयमा सुरुमै पहिचान गरेर संरचनाको डिजाइनमा यस्ता तालिमले निष्कर्ष दिने बताए। “तालिमका माध्यमबााट प्राविधिक कमजोरीलाई परिवर्तन गर्न पनि ध्यान दिनु आवश्यक हुन्छ, प्राविधिक सीपको दक्षता विकासका लागि यस्ता तालिम र कार्यशालाहरु अत्यन्तै प्रभावकारी हुन्छन्, नयाँ प्रविधि अनुसार संरचनालाई कसरी डिजाइन गर्ने, आकर्षक र प्रभावकारी बनाउने भन्नेमा तालिम प्रभावकारी हुने छ भन्ने विश्वास छ।” उनले भने ।

उनले उद्योगको आवश्यकता अनुसार इन्जिनियरिङ सिकाईको पाठ्यक्रम व्यवस्थापन गर्न सक्दा सकरात्मक उपलब्धी हासिल हुन्छ भन्दै यस्तो तालिमले विआईएम प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा रााखे । इन्जिनियरिङ क्षेत्रको आकर्षण बढाउन सिभिल इन्जिनियरहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले राज्यले गर्नुपर्ने काम संस्थाले गरेकोमा धन्यवाद व्यक्त गरे ।

त्यस्तै, पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी पूर्वाधार प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख प्रकाण्ड तुलाधरले वीआइमले पारित गरेको संरचना निर्माण परियोजना हुने व्यवस्था हुन सके राम्रो हुने धारणा राखे ।

हिमालय कलेज अफ इन्जिनियरका निर्देशक किसोर गौतमले इन्जिनियरिङ बिषयमा पढाइ हुने कलेजमा यस्तो तालिमको व्यवस्था हुँदा सकरात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै पेशागत दक्षता अभिबृद्धिका लागि हुने यस्ता कार्यशाला र इन्जिनियरिङ क्षेत्रको तालिमको लागि कलेजले सधैं प्राथमिकता दिने बताए ।

संस्थाका अध्यक्ष कृष्ण सिंह बस्नेतले इन्जिनियरिङ सोसाइटीलाई प्रभावकारी बनाउँदै लैजाने सोच रहेको जानकारी गराउँदै पुराना इन्जिनियरहरुले काम गर्दाको अनुभवलाई प्रभावकारी बनाउनका साथै स्ट्रक्चर मोड्लिङ्मा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपालका पूर्वअध्यक्ष सञ्जीव शाहले सन् २००२ मा स्थापना हुँद सफ्टवेयरसंगको प्रतिस्पर्धा काम थियोे भन्दै अहिले प्रविधिको उपयोग अत्याधिक हुने भएकोले इन्जिनियरहरुलाई दक्षता र क्षमता अभिबृद्धिका लागि प्रभावकारी तालिम आवश्यक छ भन्नेमा जोड दिए ।

कार्यक्रममा डाक्टर हरिलोचन श्रेष्ठले प्रविधिको विकास अनुसारको क्षमता अभिबृद्धिका लागि समयसापेक्ष कार्यशाला, तालिम र गोष्ठीहरु आवश्यक हुने भन्दै मानिसहरुबीच भन्दा प्रति मेसिनबीचको प्रतिस्पर्धा अहिलेको महत्त्वपूर्ण चुनौती भएको धारणा राखे ।
संस्थाका संस्थापक महेश कार्कीले सीमितताका बावजुत धेरैलाई समेट्न कठिन भएकाले सीमित व्यक्तित्वहरुलाई मात्रै तालिममा समेट्न सकिएको बताए । उनले पछिल्लो प्रविधि र साधनलाई उपयोग गर्ने विषयमा यो तालिम प्रभावकारी हुने भन्दै भर्चुअल दृष्य प्रविधिलाई समेत उपयोग गर्ने गरी तालिमका सत्रहरु सञ्चालन हुने धारणा राखे ।

कार्यक्रममा संस्थाका सहसचिव डाक्टर भरत प्रधानले सहभागीहरुलाई फरक समूहमा अभ्यास गराउने यो तालिम दिने तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । संस्थामा ६ सय भन्दा बढि स्ट्रक्चरल इन्जिनियरहरु सदस्य रहेको स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपालका कार्यसमिति सदस्य इन्जिनियर रुपेन्द्र वार ध्वज थापाले जानकारी दिए ।

नेपाल सरकारका संघीय र प्रदेश सेवामा कार्यरत र स्थानीय तहमा कार्यरत इन्जिनियरहरु तालिममा सहभागी रहेको तालिमको पहिलो दिनको सत्रमा इन्जिनियरिङ डिजाइन र निर्माण कार्यमा बीआईएमको महत्त्व, योजना चक्र र डिजिटल प्रविधिहरूका बारेमा प्रशिक्षण दिइएको छ । तालिममा आधुनिक प्रविधि ‘भर्चुअल रियालिटी’को अनुभव र ‘रियालिटी क्याप्चर’ प्रविधिबारे पनि प्रयोगात्मक जानकारी गराइने कार्यतालिका छ । 

चार दिने तालिमको दोस्रो दिन स्ट्रक्चरल बीआईएम मोडलिङ सफ्टवेयरको प्रयोग र भवनको मोडलिङ अभ्यास, तेस्रो दिन स्ट्रक्चरल एनालिटिकल मोडेल, कस्टुम सेप मोडलिङ र समूहगत चुनौती, चौथो दिन ओपन बीआईएम, विभिन्न सफ्टवेयरहरू बीचको समन्वय र थ्रीडी बीआईएम कोअर्डिनेसन र तालिमको अन्तिम दिन अन्तर्राष्ट्रिय अतिथि वक्ता र प्रशिक्षकहरूद्वारा ‘स्ट्रक्चरल डिजाइन र एनालिसिस वर्कफ्लो’ सम्बन्धी विशेष प्रस्तुति रहने जानकारी दिइएको छ । यस किसिमको प्राविधिक तालिमले नेपाली इन्जिनियरिङ क्षेत्रलाई आधुनिक र डिजिटल प्रविधिसँग जोड्न तथा सुरक्षित एवं व्यवस्थित संरचना निर्माणमा ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको छ।

Logo