क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरलाई साउदी प्रो–लिगको उपाधि

क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरलाई साउदी प्रो–लिगको उपाधि

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरले साउदी प्रो–लिगको उपाधि जितेको छ ।

उनी सन् २०२३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर साउदी अरेबियाको क्लब अल नासर पुगेका थिए । अल नासर सन् २०१८–१९ को सिजनपछि पहिलोपटक च्याम्पियन बनेको हो ।

बिहीबार सम्पन्न खेलमा अल नासरले डमाक क्लबविरुद्ध ४–१ को सहज जित निकाल्यो । अलवाल पार्कमा घरेलु टोली अल नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा साडियो माने र किंग्स्ले कोम्यानले समान एक गोल गरे । डमाकका लागि मोर्ले सिल्लाले एक गोल फर्काए ।

जितसँगै अल नासरले ३४ खेलमा ८६ अंक जोड्यो । यो दोस्रो स्थानमा रहेको अल हिलालको भन्दा दुई अंक बढी हो । पराजित डमाक ३४ खेलबाट २९ अंक जोड्दै रेलिगेसनमा परेको छ ।

Skip This
Skip This
Logo