काठमाडौं । काठमाडौँको लाजिम्पाटमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था जेभियर एकेडेमीले यस वर्षको ‘बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा जेभियर एकेडेमीलाई उक्त प्रतिष्ठित विधाबाट सम्मानित गर्ने निर्णय गरिएको हो।
स्थापनाकालदेखि नै उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय शिक्षाका लागि आफ्नो बलियो पहिचान बनाएको जेभियर एकेडेमीले विद्यार्थीहरूको प्राज्ञिक विकास, नवप्रवर्तनात्मक सिकाई शैली र परीक्षामा प्रदर्शन गर्दै आएको उत्कृष्ट नतिजाको उच्च कदर गर्दै सो अवार्ड प्रदान गर्न लागिएको हो।
एकेडेमीले विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका साथै उनीहरूको सर्वांगीण विकासका लागि अतिरिक्त क्रियाकलाप र व्यावहारिक शिक्षालाई सदैव प्राथमिकता दिँदै आएको छ । विद्यार्थीसँग अन्तरक्रियात्मक सहभागितामा शिक्षण विधिलाई प्रभावकारी र दीगो बनाउँदै लगेको यो एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायअन्तर्गत पठनपाठन गराउँदै आएको छ । जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ ।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।































