काठमाडौं । काठमाडौंको तीनकुनेमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नासा सेकेन्डरी स्कुलले यस वर्षको ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा नासा स्कुललाई उक्त प्रतिष्ठित विधाबाट सम्मानित गर्ने निर्णय गरिएको हो।
नासा सेकेन्डरी स्कुलले स्थापनाकालदेखि नै विद्यार्थी केन्द्रित, प्रविधिमैत्री र शान्त शैक्षिक वातावरण निर्माणमा पुर्याएको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गर्न लागिएको हो। स्कुलले आफ्ना विद्यार्थीहरूलाई तनावमुक्त वातावरणमा रचनात्मक र व्यावहारिक ढंगले सिकाउने पद्धति विकास गरेको छ।
विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारवटा प्रमुख संकायमा नासाले आफ्नो बलियो उपस्थिति जनाएको छ। विशेषगरी, ११ कक्षाको सुरुवातदेखि नै सञ्चालन गरिने प्रि मेडिकल र प्रि–इञ्जिनियरिङ कक्षाहरूले विद्यार्थीलाई भविष्यको चुनौतीपूर्ण प्रवेश परीक्षाका लागि जगैदेखि तयार पार्छन्। यहाँबाट दीक्षित विद्यार्थीहरूले चिकित्सा शास्त्र, इन्जिनियरिङ, सिए र कृषि विज्ञान जस्ता विधामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्नु नै यसको गुणस्तरको जीवित प्रमाण हो।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन स्कुलको प्राज्ञिक वातावरणले मुख्य भूमिका खेल्दै आएको छ। नासा स्कुलको सबैभन्दा बलियो पक्ष यसको आईएसओ ९००१–२०१५ प्रमाणित पूर्वाधार हो। यहाँका हरेक कक्षाकोठाहरू स्मार्ट मात्र छैनन्, बरु एआईजडित डिजिटल प्रविधिले सुसज्जित छन्। यसले विद्यार्थीलाई विश्वको जुनसुकै कुनामा भइरहेका नवीन अनुसन्धानसँग प्रत्यक्ष जोड्छ। नवीनतम सफ्टवेयर सहितको कम्प्युटर ल्याब र विशाल डिजिटल लाइब्रेरीले यहाँको सिकाइलाई थप रोचक र अनुसन्धानमुखी बनाएको छ।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।































