काठमाडौं । काठमाडौंको कलङ्कीमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुलले यस वर्षको ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा नेपाल काष्ठमण्डप कलेजलाई उक्त विशिष्ट विधाबाट सम्मानित गर्ने निर्णय भएकाे हो।
दक्ष एवं अनुभवी व्यवस्थापन, आधुनिक शिक्षण पद्धति, प्रविधिमैत्री वातावरण र विद्यार्थी केन्द्रित क्रियाकलापका माध्यमबाट परिवर्तित समय र प्रविधिको मागअनुरूप शैक्षिक क्षेत्रमा कुशल एवं गतिशील नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले स्कुललाई सो अवार्ड प्रदान गर्न लागिएको हो।
नेपाल काष्ठमण्डपले विद्यार्थीहरूको प्राज्ञिक विकासका साथै उनीहरूमा व्यावसायिक, नैतिक र नेतृत्वदायी क्षमता अभिवृद्धि गर्न अनुकरणीय कार्य गर्दै आएको छ। कक्षा ११, १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, मानविकी संकायमा अध्यापन गराउँदै आएको स्कुलले एसईईमा प्राप्त गरेको ग्रेडिङका आधारमा विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
गुणस्तरीय शिक्षा, सुरक्षित पूर्वाधार र विद्यार्थीको भविष्यप्रति जिम्मेवार शिक्षण पद्धतिका कारण नेपाल काष्ठमण्डप स्कुल नेपालको शैक्षिक क्षेत्रमा एक भरपर्दो नामका रूपमा स्थापित हुँदै गएको छ।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।































प्रतिक्रिया