१० वर्षसम्म एउटै विद्यालयको आँगनमा हुर्किएका हजारौँ विद्यार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा केवल अङ्क वा ग्रेड मात्र होइन, यो एउटा फराकिलो आकाशमा उड्ने बोर्डिङ पास पनि हो । तर, यो नयाँ आकाशमा उडान भर्नुअघि विद्यार्थी र अभिभावकहरू यतिबेला एउटा गम्भीर दोबाटोमा उभिएका छन्, आफ्नो रुचि र क्षमता सुहाउँदो सही शिक्षण संस्था कसरी छान्ने ? देशभरका करिब ५ हजार माविहरूको भिडमा कुन विद्यालयले विद्यार्थीको सिर्जनशीलता र नतिजालाई सँगसँगै अगाडि बढाउन सक्छन् त ? यही जिज्ञासाको समाधान खोज्दै, विद्यार्थीहरूलाई सही र उत्कृष्ट शैक्षिक थलो पहिचान गर्न मद्दत गर्ने उद्देश्यका साथ केन्द्रबिन्दु डटकमले विगत १ दशकदेखि देशभरका उत्कृष्ट माविहरूको शैक्षिक उपलब्धीबारे विवरण सार्वजनिक गर्दै आएको छ, जसलाई यो वर्ष पनि केन्द्रबिन्दुले निरन्तरता दिएको छ ।
छनौटको आधार
राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा पछिल्ला ५ वर्षमा औसतमा २ सय १० जना विद्यार्थी सहभागी गराउने शिक्षण संस्थाले हासिल गरेको शैक्षिक नतिजा, विद्यार्थी, अभिभावक एवं सरोकारवालाको रोजाई, नेपाल सरकार शिक्षा मन्त्रालयले गरेको पुरस्कारको आधार, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो विद्यालय बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाका अब्बल विद्यार्थीले उपल्लो तहमा हासिल गरेको उपलब्धी र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको रचनात्मक उपस्थिति लगायत मापदण्डलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनोटको आधार बनाएका छौं ।
कतिपय अब्बल शिक्षण संस्था यस छनौट प्रकृयामा सहभागी हुन अनिच्छुक देखिएकाले उत्कृष्ट २० को सूचीमा समेटिएको छैन । कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि समाविष्ट छैनन् । यस्तै, विभिन्न वर्षका शैक्षिक परिणाममा ठूलो अन्तर देखिएका अर्थात् उतारचढावपूर्ण नतिजा देखिएका शैक्षिक संस्था पनि यसमा समावेश छैनन् ।
देशका बेस्ट प्लस टु (र्याङ्किङको आधारमा)
१. प्रसादी एकेडेमी, ललितपुर

ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमी दुई दशकदेखि प्लस टु शिक्षामा निर्विकल्प शीर्ष स्थानमा छ। देशभरबाट पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार जित्ने यो मुलुककै एकमात्र प्राज्ञिक संस्था हो। यहाँको नतिजामुखी वातावरणले यसलाई विशिष्ट बनाएको छ । ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’को नीति अंगालेको प्रसादीले अनुभवी शिक्षक र नैतिक मूल्यको सन्तुलनले यहाँका विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउँछ ।
२. सेन्ट जेभियर्स, माइतीघर

काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स सेकेण्डरी स्कुल नेपालको उच्च माध्यमिक शिक्षामा गुणस्तर र अनुशासनको पर्यायवाची बनेको छ । विज्ञान र व्यवस्थापन संकायमा निरन्तर शतप्रतिशत नतिजा ल्याउन सफल यस संस्थाले राष्ट्रिय स्तरका विभिन्न शैक्षिक पदक र पुरस्कारहरूमा आफ्नो वर्चस्व कायम राखेको छ। यहाँको कडा मेरिट प्रणालीले गर्दा देशका उत्कृष्ट विद्यार्थीहरूबीच मात्र प्रतिस्पर्धा हुन्छ, जसले गर्दा विद्यालयमा उच्च स्तरको प्राज्ञिक वातावरण कायम छ।
२. केएमसी सेकेण्डरी स्कुल, बागबजार/बालकुमारी

दुई दशकदेखि उत्कृष्ट नतिजा पस्किरहेको काठमाडौं मोडल सेकेण्डरी स्कुल (केएमसी) नेपालको प्लस टु शिक्षामा अग्रणी नाम हो। आईएसओ मान्यता प्राप्त यस संस्थाले बागबजार र बालकुमारीबाट विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा विश्वस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। केएमसीको मुख्य विशेषता निरन्तर शतप्रतिशत नतिजा र राष्ट्रिय परीक्षा बोर्डमा हासिल गर्ने उच्च प्राज्ञिक अंक हो।
३. ट्रिनिटी इन्टरनेशनल सेकेण्डरी स्कुल, डिल्लीबजार

काठमाडौंको डिल्लीबजारमा अवस्थित ट्रिनिटी इन्टरनेशनल सेकेण्डरी स्कुल आधुनिक र व्यावहारिक शिक्षाको लागि एक प्रतिष्ठित नाम हो। प्लस टु अन्तर्गत विज्ञान र व्यवस्थापन संकायका साथै क्याम्ब्रिज ए लेभलमा यस सेकेण्डरी स्कुलले मुलुककै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधार र प्रविधिमैत्री वातावरण रहेको ट्रिनिटीले केवल किताबी ज्ञानमा मात्र सीमित नभई १५० भन्दा बढी अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिन्छ।
३. पिनाकल एकेडेमी, ललितपुर

ललितपुरको लगनखेलस्थित पिनाकल एकेडेमी अढाई दशकदेखि गुणस्तरीय प्लस टु शिक्षाका लागि नेपालकै प्रतिष्ठित संस्थाको रूपमा स्थापित छ। विज्ञान, व्यवस्थापन, कानुन र मानविकीमा उत्कृष्ट पठनपाठन गराउँदै आएको यस स्कुलले राष्ट्रिय स्तरको परीक्षामा तीन पटक नेपाल प्रथम र सन् २०१९ मा सर्वोत्कृष्ट नतिजा हासिल गरी आफ्नो प्राज्ञिक साख प्रमाणित गरिसकेको छ।
४. एनसीसीएस सेकेण्डरी स्कुल, पकनाजोल

काठमाडौंको पकनाजोलमा अवस्थित एनसीसीएस सेकेण्डरी स्कुल सूचना प्रविधि र व्यवस्थापन शिक्षाका लागि एक प्रतिष्ठित नाम हो। यस शैक्षिक संस्थाले कक्षा ११ र १२ का विद्यार्थीको व्यक्तिगत क्षमता र व्यक्तित्व विकासलाई उच्च प्राथमिकता दिन्छ। आफ्नै सुविधासम्पन्न भवन र अत्याधुनिक प्रयोगशाला रहेको एनसीसीएसले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिन्छ।
४. जेभियर एकेडेमी, लाजिम्पाट

काठमाडौंको लाजिम्पाटस्थित जेभियर एकेडेमी २६ वर्षदेखि प्लस टु शिक्षामा उत्कृष्टताको केन्द्र बन्दै आएको छ। वरिष्ठ शिक्षाविद् प्राडा श्रीराम भगत माथेको नेतृत्वमा सञ्चालित यस एकेडेमीले विज्ञान र व्यवस्थापन संकायमा निरन्तर शतप्रतिशत नतिजा निकाल्दै देशकै उत्कृष्ट १० कलेजहरूको सूचीमा स्थान सुरक्षित गरेको छ।
५. रिलायन्स सेकेण्डरी स्कुल, चावहिल

काठमाडौंको चावहिलस्थित रिलायन्स सेकेण्डरी स्कुल तीन दशकदेखि गुणस्तरीय प्लस टु शिक्षाको भरोसायोग्य गन्तव्य बनेको छ। विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुने यस संस्थाले विश्वव्यापी शैक्षिक मापदण्ड अनुसारको सिकाई वातावरण प्रदान गर्दै आएको छ। रिलायन्सको मुख्य विशेषता पाठ घोकाउने नभई सिकाई सहजीकरण गर्ने अनुभवी शिक्षक समूह र प्रविधिमैत्री रचनात्मक शिक्षण शैली हो।
५. काठमाडौं बर्नहार्ट, बल्खु

काठमाडौंको बल्खुमा अवस्थित काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल माध्यमिक शिक्षाको एक उत्कृष्ट गन्तव्य हो । ‘किताबभन्दा बाहिरको शिक्षा’ र ‘गरिखाने’ मोडेललाई आत्मसात् गरेको यस स्कुलले प्लस टु तहमा विज्ञान, व्यवस्थापन र कानुन संकायमा निरन्तर अब्बल नतिजा ल्याउँदै आएको छ। शिक्षा तथा विज्ञान मन्त्रालयबाट ‘उत्कृष्ट निजी महाविद्यालय’ र ‘बेस्ट कलेज’ जस्ता प्रतिष्ठित उपाधि प्राप्त गर्नु यसको शैक्षिक गरिमाको प्रमाण हो।
६. मदरल्यान्ड सेकेन्डरी स्कुल, पोखरा

पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुल प्लस टु शिक्षामा गण्डकी प्रदेश र राष्ट्रियस्तरकै अग्रणी शैक्षिक संस्था हो । सन् १९९५ मा स्थापित यस विद्यालयले विज्ञान र व्यवस्थापन संकायमा प्रविधिमैत्री र व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको छ। यसको मुख्य विशेषता अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम हो, जसले विद्यार्थीलाई विश्वव्यापी शैक्षिक अवसर र छात्रवृत्तिमा पहुँच पु-याउँछ।
६ शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल, विराटनगर

विराटनगरको शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल तीन दशकदेखि पूर्वी नेपालको उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित छ। सन् १९९६ मा स्थापित यस संस्थाले प्लस टु तहमा विज्ञान र व्यवस्थापन संकायका लागि छुट्टाछुट्टै अत्याधुनिक ब्लकहरूको व्यवस्था गरेको छ। मल्टिमिडिया र प्रयोगात्मक शिक्षण पद्धति अपनाउने यस विद्यालयले कडा अनुशासन र उत्कृष्ट शैक्षिक नतिजाका माध्यमबाट आफ्नो साख जोगाएको छ।
६. सेन्ट लरेन्स सेकेण्डरी स्कुल, चावहिल

काठमाडौंको चावहिलमा २९ वर्षदेखि शिक्षाको क्षेत्रमा क्रियाशील सेन्ट लरेन्स सेकेण्डरी स्कुल गुणस्तरीय, प्रयोगात्मक र मूल्यमा आधारित शिक्षाको पर्याय बनेको छ। ४,००० भन्दा बढी सफल विद्यार्थी उत्पादन गरिसकेको यस संस्थाले मोन्टेसरी विधिदेखि उच्च शिक्षासम्म आधुनिक शिक्षण पद्धतिको अभ्यास गर्छ। प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको छ ।
७. मेरील्याण्ड सेकेण्डरी स्कुल, विराटनगर

विराटनगरको मेरील्याण्ड सेकेण्डरी स्कुल विगत दुई दशकदेखि पूर्वी नेपालको शैक्षिक साख जोगाउन सफल अग्रणी संस्था हो। सन् २००२ मा स्थापित यस स्कुलले राष्ट्रिय स्तरमा पटक पटक बोर्ड फस्र्ट नतिजा हासिल गरेर आफ्नो प्राज्ञिक श्रेष्ठता सावित गरिसकेको छ। यहाँ व्यवस्थापन संकायमा अन्तर्राष्ट्रिय स्तरको शिक्षण विधि अपनाइन्छ। अत्याधुनिक भौतिक पूर्वाधार, डिजिटल पुस्तकालय र खेलकुद सुविधासम्पन्न मेरील्याण्ड दक्ष जनशक्ति उत्पादन गर्ने भरपर्दो शैक्षिक गन्तव्य बनेको छ।
७. अरनिको आवासीय सेकेण्डरी स्कुल, विराटनगर

विराटनगरस्थित अरनिको सेकेण्डरी स्कुल झण्डै पाँच दशकदेखि कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित छ । यस स्कुलले प्लस टु विज्ञान संकायमा पटक पटक देशभरमै सर्वोत्कृष्ट नतिजा हासिल गरेर आफ्नो बलियो साख बनाएको छ। यहाँको मुख्य विशेषता अनुभवी शिक्षकहरूको समूह, आधुनिक प्रयोगशाला र चिकित्सा शिक्षा आयोगका प्रवेश परीक्षामा प्राप्त हुने उच्च सफलता हो।
८. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्यबानेश्वर

काठमाडौंको मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्ट वि.सं. २०६२ देखि व्यवस्थापन शिक्षामा केन्द्रित रही विशिष्टीकृत शिक्षा प्रदान गर्ने अग्रणी संस्था हो। स्थापनाकालदेखि नै ९८ प्रतिशतभन्दा माथिको लोभलाग्दो सफलता दर कायम राखेको यस कलेजले व्यावसायिक चुनौती सामना गर्न सक्ने नैतिकवान् र दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। यहाँको मुख्य विशेषता एन्टरप्रेनर सेन्टर र रिसर्च सेन्टर मार्फत विद्यार्थीमा नवीन सोच र उद्यमशीलताको विकास गर्नु हो।
८. किस्ट सेकेण्डरी स्कुल, कमलपोखरी

काठमाडौंको कमलपोखरीस्थित किस्ट सेकेण्डरी स्कुल तीन दशकदेखि प्लस टु शिक्षामा देशकै अग्रणी संस्थाको रूपमा स्थापित छ । विज्ञान र व्यवस्थापन संकायमा विशिष्ट पहिचान बनाएको यस स्कुलले व्यावहारिक र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिलाई मुख्य आधार बनाएको छ । यसको मुख्य विशेषता नेपालकै उत्कृष्ट मध्येका सुविधासम्पन्न प्रयोगशाला र आधुनिक ई लाइब्रेरी हुन् ।
९. मनास्लु वर्ल्ड स्कुल, चुच्चेपाटी

काठमाडौंको चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड स्कुल दुई दशक लामो अनुभव बोकेको एक आईएसओ सर्टिफाइड शैक्षिक संस्था हो। जहाँ शिक्षा र उत्कृष्टताको मिलन हुन्छ भन्ने नाराका साथ यस स्कुलले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा गुणस्तरीय पठनपाठन गराउँदै आएको छ । स्कुलको मुख्य उद्देश्य ग्रेड मात्र दिलाउनु नभई जिम्मेवार, आत्मविश्वासी र सक्षम नागरिक उत्पादन गर्नु हो।
९. लिभरपुल सेकेन्डरी स्कुल, नयाँ बानेश्वर

आधुनिक शैक्षिक प्रणाली, दक्ष प्राध्यापक र सुविधायुक्त भौतिक पूर्वाधारको उचित संगमका रूपमा नयाँ बानेश्वरस्थित लिभरपुल सेकेन्डरी स्कुलले आफूलाई नेपालको अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ । अनुभवी शिक्षाविद्हरूद्वारा सञ्चालित यस स्कुलले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन र कानुन संकायमा उत्कृष्ट पठनपाठन गराउँदै आएको छ। यहाँ आधुनिक स्मार्ट कक्षाकोठा, सुविधासम्पन्न प्रयोगशाला र समृद्ध पुस्तकालयको व्यवस्था छ ।
९. नेपाल पुलिस सेकेण्डरी स्कुल, काभ्रे

काभ्रेको साँगास्थित नेपाल पुलिस सेकेण्डरी स्कुल चार दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिष्ठित संस्थाको रूपमा स्थापित छ । विसं २०४० मा स्थापित यो गैरनाफामूलक स्कुल कडा अनुशासन र उत्कृष्ट प्राज्ञिक नतिजाका लागि परिचित छ । यसको मुख्य विशेषता पूर्ण आवासीय सुविधा र प्रविधिमैत्री शिक्षण पद्धति हो। कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा पठनपाठन हुने यहाँ अत्याधुनिक प्रयोगशाला र स्मार्टबोर्डमार्फत सिकाइन्छ।
१०. लिटल एन्जल्स सेकेण्डरी स्कुल, ललितपुर

ललितपुरको हात्तीवनस्थित लिटल एन्जल्स सेकेण्डरी स्कुल साढे चार दशकदेखि नेपालको प्लस टु शिक्षामा एक विशाल र प्रतिष्ठित नाम हो । सन् १९८१ मा स्थापित यस संस्थाले ३५० रोपनीमा फैलिएको अत्याधुनिक पूर्वाधारमार्फत विज्ञान र व्यवस्थापन संकायमा उत्कृष्ट पठनपाठन प्रदान गर्दै आएको छ। यसको मुख्य विशेषता एक्टिभ लर्निङ पद्धति र परम्परागत मूल्यसँगै आधुनिक प्रविधिको फ्युजन हो ।
१०. विश्व निकेतन सेकेण्डरी स्कुल, त्रिपुरेश्वर

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेण्डरी स्कुल आठ दशकदेखि सार्वजनिक शिक्षामा उत्कृष्टताको नमूना बनेको छ । विसं २००३ मा स्थापित यस विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा गरी पाँचै संकायमा सस्तो शुल्कमा गुणस्तरीय प्लस टु शिक्षा प्रदान गर्दै आएको छ । यसको मुख्य सफलता पटक—पटक प्राप्त राष्ट्रिय शिक्षा पुरस्कार र चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षामा हासिल हुने ऐतिहासिक नतिजा हो।
१०. कालिका मानवज्ञान सेकेण्डरी स्कुल, बुटवल

बुटवलको कालिका मानवज्ञान सेकेण्डरी स्कुल नेपालको सामुदायिक विद्यालयहरूमध्ये सर्वोत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित छ । साधारण र प्राविधिक दुवै धारमा शिक्षा प्रदान गर्ने यस विद्यालयले ९३ दशमलव ५ अङ्कका साथ नेपालकै प्रथम विद्यालयको रूपमा पटक(पटक राष्ट्रिय सम्मान र झण्डा प्राप्त गरिसकेको छ। विज्ञान, व्यवस्थापन, कानुन लगायतका संकायमा ८ हजारभन्दा बढी विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिइरहेको यस संस्थाले ब्रिटिस काउन्सिलबाट आईएसए सर्टिफिकेट समेत पाएको छ ।
११. टेक्सास इन्टरनेशनल सेकेण्डरी स्कुल, मित्रपार्क

काठमाडौंको मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल सेकेण्डरी स्कुल विगत डेढ दशकदेखि विज्ञान र प्रविधिमा आधारित आधुनिक शिक्षाको केन्द्र बनेको छ। सन् २०१० मा स्थापित यस संस्थाले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा विश्वस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यसको मुख्य आकर्षण एआई, रोबोटिक्स र आईओटी का लागि उपलब्ध अत्याधुनिक प्रयोगशालाहरू हुन्।
११. नेपाल मेगा कलेज, बबरमहल

काठमाडौंको बबरमहलस्थित नेपाल मेगा कलेज सन् २०११ देखि गुणस्तरीय शिक्षाको केन्द्र बनेको छ । अनुभवी शिक्षक र उद्यमीहरूको नेतृत्वमा सञ्चालित यस संस्थाले प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा खोजमूलक तथा अनुसन्धानमुखी शिक्षा प्रदान गर्दै आएको छ। यसको मुख्य विशेषता सुलभ शुल्कमा आधुनिक भौतिक पूर्वाधार र विद्यार्थीमा नवीन सोच एवं नेतृत्व क्षमता विकास गर्नु हो।
१२. भीएस निकेतन सेकेन्डरी स्कुल, मीनभवन

काठमाडौँको तीनकुनेस्थित भीएस निकेतन सेकेन्डरी स्कुल ४५ वर्षदेखि नेपालको प्लस टु शिक्षामा अग्रणी संस्था हो। सन् १९८१ मा स्थापित यस विद्यालयले विज्ञान र व्यवस्थापन संकायमा ९८ प्रतिशतभन्दा बढी सफलताको दर कायम राख्दै राष्ट्रिय ढाल र झण्डाबाट सम्मानित भइसकेको छ । यसको मुख्य विशेषता अनुशासित र व्यावहारिक शिक्षा हो, जसले प्रधानमन्त्री बालेन्द्र शाह जस्ता सक्षम नेतृत्व उत्पादन गरेको छ।
१२. नोबेल एकेडेमी सेकेण्डरी स्कुल, नयाँ बानेश्वर

काठमाडौँको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमी सेकेण्डरी स्कुल झण्डै तीन दशकदेखि गुणस्तरीय शिक्षाको केन्द्र बनेको छ । सन् १९९८ मा स्थापित यस संस्थाले विज्ञान, व्यवस्थापन र ललितकला संकायमा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आएको छ। यसको मुख्य विशेषता सन् २०१९ मा बेस्ट स्कुल अवार्ड र एसईईमा ४ जीपीए जस्ता कीर्तिमानी नतिजाहरू हुन्।
१३. युनाइटेड एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर

ललितपुरको बालकुमारीस्थित युनाइटेड एकेडेमी सेकेण्डरी स्कुल विगत २७ वर्षदेखि आधुनिक र रचनात्मक शिक्षाको प्रमुख केन्द्रको रूपमा स्थापित छ। विसं २०५९ मा स्थापित यस एकेडेमीले प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा शतप्रतिशत नतिजा र निरन्तर ए प्लस ग्रेड हासिल गर्दै आएको छ। यसको मुख्य विशेषता वैज्ञानिक शिक्षण पद्धति र विद्यावारिधि गरेका अनुभवी प्राध्यापकहरूको मेन्टरसिप हो।
१३. मोर्गन सेकेण्डरी स्कुल, बसुन्धारा

काठमाडौँको बसुन्धारास्थित मोर्गन सेकेण्डरी स्कुल आधुनिक र प्रविधिमैत्री शिक्षाका लागि एक उदाहरणीय संस्था हो। स्थानीय स्तरबाट विश्वव्यापी प्रभाव भन्ने मूल मन्त्रका साथ यस स्कुलले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा शतप्रतिशत नतिजासहित पठनपाठन गराउँदै आएको छ । मोर्गनको मुख्य विशेषता परम्परागत शिक्षालाई परिमार्जन गरी रोबोटिक्स, एआई, साइबर सुरक्षा र डाटा साइन्स जस्ता अत्याधुनिक विषयहरूमा अनुसन्धान गर्ने अवसर प्रदान गर्नु हो।
१४. नासा सेकेण्डरी स्कुल, तीनकुने

काठमाडौंको तीनकुनेस्थित नासा सेकेण्डरी स्कुल विज्ञान र व्यवस्थापन विषयको उत्कृष्ट गन्तव्यको रूपमा स्थापित छ । इनोभेटिभ शिक्षण पद्धति र आधुनिक प्रविधिको फ्युजन देखाउने यस शैक्षिक संस्थाले प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा विश्वस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। अत्याधुनिक स्मार्ट कक्षाकोठा, डिजिटल लाइब्रेरी र नवीनतम सफ्टवेयरसहितको प्रयोगशालाले विद्यार्थीलाई व्यावहारिक रूपमा अब्बल बनाउन मद्दत पु¥याउँछन्।
१४. सैनिक आवासीय महाविद्यालय, भक्तपुर

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय विगत ४७ वर्षदेखि सस्तो मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने देशकै एक प्रतिष्ठित संस्था हो। विस २०३५ सालमा सुपिङ मल्टिपल क्याम्पसको रूपमा स्थापित यो संस्था हाल नेपाली सेनाको कल्याणकारी कोषमार्फत सञ्चालित छ। यसको मुख्य विशेषता कडा अनुशासन, उच्च नैतिकता र देशभक्तिपूर्ण शिक्षा हो।
१५. नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुल, कलंकी

कलंकीमा अवस्थित नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुल दक्ष प्राज्ञिक व्यक्तित्व, उद्यमी र सफल बैंकरहरूको व्यवस्थापनमा सञ्चालित प्रतिष्ठित संस्था हो। प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायमा अध्यापन गराउने यस संस्थाले एसईईको ग्रेडका आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दछ। शान्त र प्रविधिमैत्री वातावरण रहेको काष्ठमण्डपले एक विश्वसनीय र नवीन शैक्षिक नेटवर्कको रूपमा स्थापित हुने लक्ष्यका साथ विद्यार्थीको सर्वाङ्गीण विकासमा प्रतिबद्ध रहँदै आएको छ।
१५. निस्ट सेकेण्डरी स्कुल, लैनचौर

नेसनल स्कुल अफ साइन्सेज निस्ट सेकेण्डरी स्कुल विगत तीन दशकदेखि विज्ञान र व्यवस्थापन संकायमा उच्च स्तरको शिक्षा प्रदान गर्ने एक प्रतिष्ठित प्राज्ञिक संस्था हो। विसं २०५० मा स्थापित यस विद्यालयले प्रविधिमैत्री शिक्षण र उत्कृष्ट नतिजाका माध्यमबाट आफूलाई विद्यार्थीहरूको पहिलो रोजाइको रूपमा स्थापित गरेको छ। यसको मुख्य विशेषता निरन्तर सुधारोन्मुख नतिजा र प्रविधिको उच्चतम प्रयोग हो।
१५. ज्ञानज्योति सेकेण्डरी स्कुल, दाङ

दाङको तुलसीपुरस्थित ज्ञानज्योति माध्यमिक विद्यालय विगत तीन दशकदेखि लुम्बिनी प्रदेशकै एक प्रमुख शैक्षिक केन्द्रको रूपमा स्थापित छ। कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायमा पठनपाठन गराउने यस संस्थाले प्राथमिक तहदेखि उच्च शिक्षासम्म एउटै छानामुनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यसको मुख्य विशेषता न्यून शुल्क र प्रभावकारी छात्रवृत्ति योजना हो, जसअन्तर्गत जेहेन्दार र विपन्न विद्यार्थीहरूले शतप्रतिशतसम्म छात्रवृत्ति पाउने गर्दछन्।
१६. ख्वप माध्यमिक विद्यालय, भक्तपुर

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय सन् १९९९ देखि सुलभ र गुणस्तरीय शिक्षाको एक सफल नमूनाको रूपमा स्थापित छ। यो संस्था विशेषगरी न्यून आय भएका र जेहेन्दार विद्यार्थीहरूका लागि उत्कृष्ट शैक्षिक गन्तव्य बनेको छ। यसको मुख्य विशेषता सेवामूलक उद्देश्य र प्रविधिमैत्री शिक्षण पद्धति हो। प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकायमा पठनपाठन हुने यस विद्यालयमा अत्याधुनिक प्रयोगशाला, सुसज्जित कम्प्युटर ल्याब र समृद्ध पुस्तकालयको व्यवस्था छ।
१७. ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुल, ललितपुर

ललितपुरको कुमारीपाटीस्थित ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुल विगत डेढ दशकदेखि उपत्यकाको उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा स्थापित छ। विसं २०६६ मा स्थापित यस संस्थाको मुख्य विशेषता ९८ प्रतिशतभन्दा बढीको सफलता दर र विद्यार्थी केन्द्रित आधुनिक पूर्वाधार हो। प्लस टु तहमा विज्ञान र व्यवस्थापन संकायको अध्यापन हुने यहाँ स्मार्ट कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला र फुटसल ग्राउण्डसहितका खेलकुद सुविधाहरू उपलब्ध छन्।
१८. सेन्ट मेरिज सेकेण्डरी स्कुल, ललितपुर

ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज सेकेण्डरी स्कुल विगत पाँच दशकदेखि महिला शिक्षाको क्षेत्रमा एक प्रतिष्ठित र भरोसायोग्य नाम हो। सन् १९७५ मा स्थापना भएको यस स्कुलले प्लस टु तहमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा छात्राहरूलाई मात्र उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्दै आएको छ। यसको मुख्य विशेषता सीमित विद्यार्थी संख्या र व्यक्तिगत वृत्तिविकासमा दिइने विशेष ध्यान हो।
१८. समृद्धि सेकेण्डरी स्कुल, वनस्थली

वनस्थलीमा अवस्थित समृद्धि स्कुल विद्यार्थीको अन्तर्निहित क्षमता प्रस्फुटन गराउने एक सिर्जनशील प्राज्ञिक थलो हो। विसं २०७४ मा स्थापित यस संस्थाले के १२ शिक्षा प्रणालीमार्फत विज्ञान, प्रविधि, कला र गणितलाई पाठ्यक्रमको आधार बनाएको छ। विशेषगरी कक्षा ११ र १२ को व्यवस्थापन संकायमा अध्यापन गराउने समृद्धिको अत्याधुनिक प्रविधि, सुविधासम्पन्न भौतिक पूर्वाधार र ख्यातिप्राप्त प्राज्ञिक नेतृत्व सबल पक्ष हुन्।
१९. आइएसटी सेकेण्डरी स्कुल, ज्ञानेश्वर

नेपालको पर्यटन तथा होटल म्यानेजमेन्ट शिक्षामा विगत दुई दशकदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको शैक्षिक संस्था हो, आइएसटी सेकेण्डरी स्कुल । यस स्कुलले माध्यमिक तहको शिक्षामा नयाँ मानक स्थापित गरेको छ । लर्निङ बाई डुइङ पद्धति अपनाएको यस स्कुलले प्लस टु तहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम र जनरल म्यानेजमेन्टमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दछ।स्कुलले कक्षा १२ को परीक्षा लगत्तै प्रतिष्ठित होटल तथा आईटी कम्पनीहरूमा ३ देखि ६ महिनाको इन्टर्नसिप सुनिश्चित गर्दछ।
१९. गोर्खा सेकेन्डरी स्कुल, दाङ

दाङको तुलसीपुरस्थित गोर्खा सेकेन्डरी स्कुल पश्चिम नेपालको एक प्रमुख र प्रतिष्ठित शैक्षिक केन्द्रको रूपमा स्थापित छ । सन् २०११ मा गोर्खा एजुकेसन ग्रुपद्वारा स्थापित यस संस्थाले पूर्व गोर्खा सैनिकहरूको अनुशासन र आधुनिक शैक्षिक पद्धतिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै आएको छ। यसको मुख्य विशेषता सैनिक अनुशासन र विद्यार्थीको व्यक्तिगत हेरचाह हो। प्लस टु तहमा विज्ञान र व्यवस्थापन संकायको अध्यापन हुने यस विद्यालयमा हाल २,५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
२०. ब्रिजवाटर इन्टरनेशनल कलेज, सिनामङ्गल

काठमाडौंको सिनामङ्गलस्थित ब्रिजवाटर सेकेण्डरी स्कुल विद्यार्थीको सर्वाङ्गीण विकासमा समर्पित एक अग्रणी शैक्षिक संस्था हो। विगत डेढ दशकदेखिक यस स्कुलले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यहाँको बलियो पक्ष विद्यार्थीकेन्द्रित शिक्षण पद्धति, आधुनिक प्रयोगशाला, स्मार्ट क्लासरुम र खेलमैदानसहितको अत्याधुनिक पूर्वाधार हो। ब्रिजवाटर केवल किताबी ज्ञानमा सीमित नभई मेन्टरिङ, वृत्ति परामर्श र व्यक्तित्व विकासमा केन्द्रित छ।





























प्रतिक्रिया