इन्लाइटनद्धारा टेस्ट प्रिपेरेशन बुटक्याम्प १.०– सिजन ५ सम्पन्न

इन्लाइटनद्धारा टेस्ट प्रिपेरेशन बुटक्याम्प १.०– सिजन ५ सम्पन्न

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले प्लस २ उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै टेस्ट प्रिपेरेशन बुटक्याम्प १.०– सिजन ५ सम्पन्न गरेको छ ।

काठमाडौंको बागबजारमा रहेको इन्लाइटनको केन्द्रीय कार्यालयमा बुटक्याम्प जेष्ठ ७ गते बिहीबार सम्पन्न गरिएको हो । उच्च तहको शिक्षाका लागि वैदेशिक अध्ययनमा जाने योजना बनाइरहेका माध्यमिक तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई मार्गदर्शन गर्ने लक्ष्यले इन्लाइटनले सो बुटक्याम्प आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

बुटक्याम्पमा वैदेशिक अध्ययनमा जानुअघि आइटिटिएल्स, पिटीई र टोफेलको बारेमा जानकारी दिन र विदेशमा अध्ययन योजना, र छात्रवृत्ति अवसरहरूको बारेमा परामर्श प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले सम्बन्धित विज्ञहरुमार्फत् विभिन्न सेसनमा सहभागी हुने मौका प्राप्त गरेका थिए । जसमा विज्ञहरु सुजता बिष्ट, ब्रिटिश काउन्सिलकी रसिका कार्की, सुनिल सेन्गुप्टो र पियर्सनका क्षेत्रीय विकास प्रबन्धक सुमन कृष्ण श्रेष्ठलगायतबाट विद्यार्थीहरुले आईटीटीएल्स, पिटीई र टोफेललगायतका कोर्सहरुको बारेमा परार्मश प्राप्त गरेका थिए ।

बुटक्याम्पमार्फत् विद्यार्थीहरुले जानकारी र प्रेरणासँगै मार्गनिर्देशन प्राप्त गरेको अपेक्षा आयोजकको रहेको छ । साथै आगामी दिनहरुमा पनि विद्यार्थीहरुलाई सही मार्ग प्रर्दशन गर्न जेठ २२ गते स्टडी अब्राेड बुटक्याम्प २.० – सिजन ५ र जेठ २६ गते स्टडी इन जापान बुटक्याम्प ३.० – सिजन ५ पनि आयोजना गर्ने भएको छ ।

१६ वर्षदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटनले व्यवसायिक मर्यादालाई ख्याल गर्दै काम गर्दै आएको छ । इन्लाइटनले आफ्नो कार्यालयबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने स्पष्ट पारेको छ । इन्लाइटनले गुणस्तरीय र विश्वसनीय शैक्षिक परामर्श दिँदै आएको जनाएको छ । इन्लाइटनले विभिन्न समयमा पटक–पटक विद्यार्थीको हित हुने गरी यस्ता कार्यक्रम पनि गर्दै आएको छ ।

Logo