काठमाडौं । चाबहिलस्थित मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कुलले यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा टेक्सासलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो।
नेपालको उच्च माध्यमिक शिक्षा क्षेत्रमा गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएको टेक्सास इन्टरनेशनलले प्लस टु तहमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।
टेक्सासले विशेषगरी विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा आधुनिक शिक्षण पद्धति अपनाउँदै विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा खरो उत्रन सक्ने बनाउँदै आएको छ। देशभरका विभिन्न शैक्षिक संस्थाहरूको मूल्याङ्कन, भौतिक पूर्वाधार, शिक्षण शैली र विगतका उत्कृष्ट नतिजाहरूलाई मुख्य आधार मानी यस वर्ष टेक्सासलाई यो प्रतिष्ठित अवार्डका लागि छनोट गरिएको हाे ।
विद्यार्थीको प्रयोगात्मक सिकाइका लागि टेक्सासले अत्याधुनिक सुविधाहरू उपलब्ध गराएको छ। स्कुलमा आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र रोबोटिक्सका लागि छुट्टै प्रयोगशालाको व्यवस्था छ। साथै, उच्च क्षमताका कम्प्युटर ल्याब, स्मार्ट कक्षाकोठा, र क्याम्पसभर निःशुल्क वाइफाइको सुविधाले डिजिटल सिकाइलाई थप सहज बनाएको छ।
केन्द्रबिन्दुले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने र शैक्षिक स्तर सुधारमा उल्लेख्य भूमिका खेल्ने संस्थाहरूलाई प्रोत्साहन स्वरूप यो अवार्ड प्रदान गर्दै आएको छ।





























प्रतिक्रिया