धनगढी, ११, पुस

प्रदेश नम्बर ७ अर्थात् हिजोको सुदूरपश्चिम अन्य क्षेत्रको तुलनामा विकासले पछाडि छ । "/>

प्रदेश ७ सबैभन्दा धनी प्रदेश बन्न सक्ने

प्रदेश ७ सबैभन्दा धनी प्रदेश बन्न सक्ने

केन्द्रबिन्दु
0
Shares

धनगढी, ११, पुस

प्रदेश नम्बर ७ अर्थात् हिजोको सुदूरपश्चिम अन्य क्षेत्रको तुलनामा विकासले पछाडि छ । यहाँका ४५ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । तर समृद्धिको प्रचूर सम्भावना भने यहाँ नभएको होइन । यहाँ देशभरकै करिब एक तहाई विद्युत् उत्पादन गर्न सकिन्छ । अमूल्य जडिबुटीको भण्डार यसै प्रदेशमा छ । प्राकृतिक सम्पदा तथा धार्मिक स्थलमा पनि यो प्रदेश धनी छ । २०५१ सालमा कर्णाली पुल बने पछि भौगोलिक रुपमा देशका अन्य भूभागसँग जोडिएको सुदूरपश्चिम विकास र भावनाले राज्यको मूल प्रवाहमा जोडिन सकेको छैन । संविधान कार्यान्वयनसँगै प्रदेश ७ समृद्ध बन्ने बाटो भने खुला भएको छ । प्रदेश ७ मा १० हजार मेगावाट विजुली निकाल्न सकिने अवस्था छ ।

यहाँको समृद्धिको ढोका खोल्ने सम्भावना बोकेको अर्को क्षेत्र पर्यटन हो । प्रदेश नम्बर ७ मा करिब ८ देखि १० घन्टा सडक दुरीमा छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली सहित करिब आधा दर्जन बढी ठूला सहर छन् । भारतबाट लाखौं पर्यटन ल्याउन सकिने सम्भावना छ । भारतको ठूलो जनसंख्या बर्सेनि लाखौं रकम खर्च गरेर मानसरोवर यात्रा गर्छन् । दार्चुला, बझाङ र बाजुराका हिमाली भेगमा बहुमूल्य यार्सागुम्बा पाइन्छ । यसैगरी पाँचऔले, केशर लगायतका अमूल्य जडिबुटी यहाँ छन् । उचित नीति र व्यवस्थापनको अभावमा यी जुडिबुटीबाट देशले फाइदा लिन सकेको छैन । ठूलो परिमाणमा जडिबुटी तस्करी हुने र अन्य जडिबुटी पनि प्रशोधन गर्ने व्यवस्था नहुँदा सस्तोमा निर्यात हुने गरेका छन् । त्यस्तै  कैलाली र कञ्चनपुर तराईका दुई जिल्लामा धान, गहुँ, दलहन लगायतका खाद्यान्न उत्पादन राम्रो छ । भने यहाँ वनमा आधारित उद्योग स्थापना गरेर पनि यहाँको समृद्धि गर्न सकिन्छ ।  तर सबैतिर सडक सञ्जाल विस्तार गर्नु पर्ने चुनौती पनि उस्तै छ । यहाँको जीवनस्तर उकास्न सडक यातायातको राम्रो वातावरण मिलाउन जरुरी देखिएको छ ।
नागरिकबाट

Logo