देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले फेरि मानेन

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले फेरि मानेन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ ।

देउवा दम्पतीविरूद्द नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै इन्टरपोलले नेपालले गरेको आग्रहलाई अस्वीकार गरेको हो ।

नेपाल प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध अधिकारीहरूका अनुसार गत साता पत्र फिर्ता आएको हो । ‘रेड नोटिसका लागि इन्टरपोललाई पत्राचार गरिदिन विभागले पहिले गरेको अनुरोधको जवाफमा कागजातहरू पर्याप्त नभएको उल्लेख गरिएकामा दोस्रो पटक पुनः विभागले केही विवरण थप गरेर पुनः अनुरोध गरिदिन भनेको थियो । त्यसपछि वैशाख तेस्रो साता इन्टरपोललाई पत्र पठाएका थियौं । तर दोस्रो पटकको पत्रअनुसार पनि नोटिस जारीका लागि अझै कागजात पुगेन भनेर जवाफ आएको छ, विभागका एक कर्मचारीले भने ।

विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धानका लागि भन्दै २४ चैतमा जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी लिएको थियो । अदालतबाट पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमा थिए । उनीहरू अहिले पनि विदेशमै छन् ।

Logo