काठमाडौं ।केही दिन यता लगातार घटेको सुनको मुल्य आज पनि घटेको छ।
हिजो मंगलबार तोलामा १३ सय रुपैयाँ घटेको सुनको मुल्य आज एक हजार रुपैयाँ घटेर २ लाख ९० हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको थियो। त्यसयता दुई दिनमा सुनको भाउ २३ सय रुपैयाँ घटेको छ।





























प्रतिक्रिया