प्रहरी र सशस्त्रका आईजीपीसहित तत्कालिन सिडिओलाई कारबाही गर्न सिफारिस

प्रहरी र सशस्त्रका आईजीपीसहित तत्कालिन सिडिओलाई कारबाही गर्न सिफारिस

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्रका आईजीपी नारायणप्रसाद पौडेललाई कारवाही सिफारिस गरेको छ ।

जेनजी आन्दोलनमा त्रुटिपूर्ण काम गरेको भन्दै आयोगले आईजीपीद्वय कार्की र पौडेललाई कारवाही सिफारिस गरेको हो । उनीहरू सो घटनाको समयमा एआईजी दर्जामा कार्यरत थिए । उनीहरूसँगै उपत्यका प्रहरीका डीआईजी ओमबहादुर राना, एसएसपी विश्व अधिकारी, सशस्त्रका तत्कालीन एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कारबाही सिफारिस गरिएको छ ।

‘घातक हतियार विनासावधानी प्रयोग गर्ने र गर्न लगाउने पदाधिकरीहरु तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ, तत्कालीन अतिरिक्त प्रहरी महानिरिक्षक दानबहादुर कार्की, प्रहरी नायब महानिरीक्षक ओम बिक्रम राणा, वरिष्ठ प्रहरी उपरिक्षक विश्व अधिकारी, तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, तत्कालीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणप्रसाद पौडेल, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल त्यस्तै गरी सरकारलाई समयमा प्रदर्शन र सुरक्षाको विश्लेषण सहितको सही सूचना उपलब्ध गराउन नसकी निष्कृय रहेका राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल तथा भाद्र २३ गते बानेश्ववर र संसद भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरु मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएका छन् ।’ प्रतिवेदनमा भनिएको छ ।

Skip This
Skip This
Logo