बौद्धमा जेठ २३ गते ‘बौद्ध महोत्सव २०८३’ आयोजना हुने, स्थानीय कला र संस्कृतिको प्रवर्द्धनमा जोड

बौद्धमा जेठ २३ गते ‘बौद्ध महोत्सव २०८३’ आयोजना हुने, स्थानीय कला र संस्कृतिको प्रवर्द्धनमा जोड

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं. ६ को आयोजनामा आगामी जेठ २३ गते ‘बौद्ध महोत्सव २०८३’ भव्य रूपमा आयोजना हुने भएको छ।

“हाम्रो संस्कृति, हाम्रो उत्सव” भन्ने मुख्य नाराका साथ सञ्चालन हुन लागेको यस महोत्सवले बौद्ध क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महोत्सव महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा आयोजना गरिने आयोजकले जनाएका छन्।

यस महोत्सवको मुख्य उद्देश्य बौद्ध क्षेत्रको मौलिक पहिचान, स्थानीय कला, हस्तकला र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्नु रहेको छ। कार्यक्रममा सांस्कृतिक नृत्य, लाखे बाजा, विभिन्न मौलिक झाँकीहरू र स्थानीय उत्पादनका स्टलहरू मुख्य आकर्षणको रूपमा रहनेछन्। साथै, सांगीतिक माहोललाई तताउन द एक्स, हर्कुलस बस्नेत, द रेण्डर, द पासा रकर्स र फूर्वा एण्ड द ब्याण्ड जस्ता प्रख्यात सांगीतिक समूहहरूको विशेष प्रस्तुति रहने जानकारी प्राप्त भएको छ।

वडा अध्यक्ष भुवन लामाले यो महोत्सव केवल मनोरञ्जनका लागि मात्र नभई बौद्ध क्षेत्रको पर्यटन र स्थानीय व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने एउटा साझा अभियान भएको बताएका छन‍् । उनका अनुसार धार्मिक र सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउनु महोत्सवको मुख्य ध्येय हो।

सहभागीहरूको सहजताका लागि आयोजकले ट्राफिक तथा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिएको छ। उत्पला क्याफे क्षेत्र, सिद्दार्थ हल क्षेत्र र बौद्ध पिपलवोट आसपासका स्थानहरूमा पार्किङको व्यवस्था मिलाइएको छ। महोत्सवमा सहभागी हुन आउनेहरूलाई आफ्नो मौलिक संस्कृति झल्किने पोशाकमा उपस्थित भई सांस्कृतिक र्‍याली र झाँकीमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।

महोत्सव सबैका लागि खुला रहने र यसले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई नेपाली संस्कृति र स्थानीय स्वादको प्रत्यक्ष अनुभव गराउने विश्वास लिइएको छ।

Skip This
Skip This
Logo