पिनाकल एकेडेमीलाई ‘बेस्ट प्लस टु अवार्ड’

पिनाकल एकेडेमीलाई ‘बेस्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका कारण विद्यार्थीमाझ लोकप्रिय पिनाकल एकेडेमी सेकेन्डरी स्कुलले यस वर्षको ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा सम्पन्न हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत पिनाकललाई यो विधामा सम्मानित गर्ने निर्णय भएको हो। ललितपुरको लगनखेलमा अवस्थित यस स्कुलले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा दशकौँदेखि उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्दै आएको छ।

आफ्नो स्थापनाको रजत जयन्ती मनाइरहेको पिनाकल एकेडेमीका लागि यो अवार्ड थप गौरवको विषय बनेको छ । हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्डको नतिजामा उत्कृष्ट स्थान हासिल गर्न सफल यस संस्थाले विद्यार्थीको अनुशासन र व्यावहारिक सिकाइलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद र हालको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत संचालित परीक्षामा यस शिक्षण संस्थाका विद्यार्थीले ६ पटक सर्वोत्कृष्ट रहँदै नेपाल टप गरेको गौरवशाली इतिहास छ ।

केन्द्रबिन्दुले प्लस टु कलेजहरूले प्रदान गर्ने शिक्षाको गुणस्तर, पूर्वाधार, विद्यार्थीको नतिजामा पुर्‍याएको योगदानलाई आधार मानी यस वर्षको उत्कृष्ट प्लस टु कलेजको रूपमा पिनाकललाई चयन गरेको हो ।

केन्द्रबिन्दुले हरेक वर्ष शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार र प्रगति गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्दै आएको छ।

Skip This
Skip This
Logo