काठमाडौं,१०,पुस
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची पछि लार्के र याङ्ग्री खोलाको पानी काठमाडौं ल्याउने तयारी तीव्ररूपमा थालेको छ । "/>

मेलम्ची सकिए लगत्तै लार्के र याङ्ग्रीको काम अघि बढाइने

मेलम्ची सकिए लगत्तै लार्के र याङ्ग्रीको काम अघि बढाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१०,पुस
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची पछि लार्के र याङ्ग्री खोलाको पानी काठमाडौं ल्याउने तयारी तीव्ररूपमा थालेको छ । समितिले दुवै खोलाको पानी सुरुङमार्ग हुँदै दैनिक थप ३४ करोड लिटर पानी ल्याउन लागेको हो। समितिले गत आवमा परामर्शदाता छनोट गर्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काम भएको समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए ।

‘मेलम्ची पछि लार्के र याङ्ग्री खोलाको पानी काठमाडौं ल्याउन हामीले काम शुरु गरिसकेका छौं’, उनले भने– ‘परामर्शदाताबाट डीपीआरको कामका साथै वातावरणीय, सामाजिक अध्ययन भइरहेको छ ।’ स्पेनी परामर्शदाता इप्टिसाले दुवै खोलाको पानी काठमाडौं ल्याउन डीपीआर तयार पार्दै छ । डीपीआर तयार पार्ने अन्तिम समयावधि डिसेम्बर सम्मको समय तालिका तोकिए पनि केही कठिनाइका कारण निर्धारित समयमा डीपीआर सम्पन्न हुन नसकेको जवाफ परामर्शदाताबाट आएको इन्जिनियर पन्तले बताए । परामर्शदाताले हाल सम्म डीपीआरको काम ७५ प्रतिशत सम्पन्न गरिसकेको जानकारी दिँदै उनले भने – ‘अबको २ देखि ३ महिनाको बीचमा डीपीआर फाइनल भएर आउँछ ।’ लार्के र याङ्ग्रीको डीपीआर तयार पार्न सरकारले चालू आवमा २० करोड विनियोजन गरेको छ भने प्रवेशमार्ग बनाउन १५ करोड रुपियाँ विनियोजन गरेको समितिले जनाएको छ । याङ्ग्री खोलाबाट दैनिक १७ करोड लिटर पानी मेलम्ची खोलामा खसाल्न ९ किमि सुरुङ र लार्के खोलाबाट १७ करोड लिटर पानी दैनिक याङ्ग्रीमा खसाल्न २ किमि गरी जम्मा ११ किमि सुरुङ खन्नु पर्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

लार्के र याङ्ग्रीको काम सम्पन्न भएपछि उपत्यकामा दैनिक ५१ करोड लिटर खानेपानी आपूर्ति हुनेछ । दैनिक ५१ करोड लिटर पानीको आपूर्ति भएपछि काठमाडौंबासीको खानेपानीको मागलाई ९० प्रतिशत सम्बोधन गर्ने विज्ञहरूले बताएका छन्। निर्माणकार्य थालेको ४ वर्ष भित्र सम्पन्न गर्ने यो परियोजनामा २५ अर्ब लागत लाग्ने अनुमान समितिको रहेको छ । अहिले लार्के सम्म पुग्न सडक निर्माणको काम भइरहेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo