काठमाडौं,१०,पुस
वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेसँगै अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको रेमिट्यान्समा कमी आएको छ । गत वर्ष कात्तिक सम्म अर्थात् पहिलो चार महिनामा एक लाख २५ हजार सात सय ८१ कामदार वैदेशिक रोजगारीमा गएका थिए । तर यस वर्षको सोही अवधिमा कामदारको संख्या एक प्रतिशतले घटेको छ । भूकम्प पछि घट्न थालेको वैदेशिक कामदारमा जानेको संख्या घट्दा गएको वर्ष करिब आठ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै रेमिट्यान्समा पनि एक दशमलव चार प्रतिशतले कमी आएर दुई खर्ब २८ अर्ब ९५ करोडमा सीमित भएको छ । भदौ सम्म बढ्न नसकेको रेमिट्यान्स असोज र कात्तिकमा चाडबाडका कारण बढ्ने अपेक्षा राष्ट्र बैंकले गरेको थियो । सोही अनुरुप असोजमा सामान्य वृद्धि भए पनि कात्तिकमा भने अपेक्षा गरे अनुसारको रेमिट्यान्स भित्रन सकेन । गत आवको कात्तिक सम्ममा दुई खर्ब ३२ अर्ब १४ करोड रुपैयाँ नेपाल भित्रिएको थियो। गत वर्ष कात्तिकमा करिब २१ अर्ब ९८ करोड बचतमा रहेको शोधानान्तर अवस्था चालू आवमा दुई अर्ब ४० करोड रुपैयाँमा खुम्चिएको छ । शोधानान्तर घटेका कारण बैंकिङ क्षेत्रमा तरलता अभाव देखिन थालेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया