काठमाडौं ।
बलिउड नायिका तथा मोडल पूनम पाण्डे पक्राउ परेकी छन् । अधिकांश समय हट फोटो तथा भिडियोका कारण चर्चामा आइरहने पाण्डेलाई बिहिबार गोवा पुलिसले पक्राउ गरेको भारतीय सञ्चार माध्यम टाइम्सअफ इन्डीयाले उल्लेख गरेको छ ।
पाण्डेले गोवामा अश्लिल भिडियो छायांकन गरेको भन्दै प्रहरीमा उजुरी परेको उल्लेख गरिएको छ । उनी विरुद्ध गोवा फरवार्ड पार्टीको महिला शाखाले ‘अश्लिल भिडियो’ सुटिङ गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको थियो । त्यस पश्चात प्रहरीले उनलाई सरकारी सम्पत्तीमा अभद्र व्यवहार तथा अश्लिल भिडियो छायांकन गरेको आरोपमा पक्राउ गरेको सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
गोवा फरवार्ड पार्टीले प्रहरीमा दर्ता गरेको एफआइआरमा गोवाका महिलाहरुमाथि सांकृतिक आक्रमण गरेको तथा गोवाको छवि विगारेको आरोप लगाइएको छ । पूनमले अश्लिल भिडियोको छायांकन चापोली बाँध क्यानाकोनामा गरेकी थिइन् ।एजेन्सी





























प्रतिक्रिया