काठमाडौं । विश्वविख्यात प्रविधि कम्पनी सामसुङले नेपाली बजारमा आफ्ना ग्राहकहरूका लागि विशेष ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो जुनसुकै ब्रान्डको पुरानो स्मार्टफोन साटेर सामसुङको पछिल्लो ग्यालेक्सी स्मार्टफोनमा सहजै अपग्रेड गर्न सक्नेछन् ।
यस अभियानको मुख्य आकर्षणको रूपमा सामसुङले पुरानो फोनको मूल्याङ्कनमा थप ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराएको छ । विशेषगरी फ्ल्यागशिप सिरिज अन्तर्गतका ग्यालेक्सी एस२६ अल्ट्रा, S26+ र S26 मोडेलमा ग्राहकले आकर्षक नगद छुट र बोनस गरी उच्च लाभ लिन सक्नेछन् । जसमा S26+ खरिद गर्दा ग्राहकले २३ हजार रुपैयाँसम्मको निश्चित छुट र ८ हजार बोनस प्राप्त गर्नेछन् । यस्तै, लोकप्रिय ए-सिरिजका नयाँ मोडेलहरू ग्यालेक्सी A57 र A37 मा पनि ५ हजार रुपैयाँको छुट र ५ हजार रुपैयाँ नै एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ ।
आर्थिक रूपमा स्मार्टफोन खरिदलाई सहज बनाउन सामसुङले शून्य प्रतिशत डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा २४ महिनासम्मको सजिलो ईएमआई (किस्ताबन्दी) सुविधा समेत ल्याएको छ । यसले गर्दा ग्राहकहरूले एकैपटक ठूलो रकम भुक्तानी नगरी मासिक साना किस्तामा अत्याधुनिक प्रविधियुक्त फोन प्रयोग गर्न पाउनेछन् ।
यसका साथै, सामसुङले एनसेलसँगको सहकार्यमा विशेष डेटा अफर पनि उपलब्ध गराएको छ । नयाँ डिभाइस खरिद गर्ने ग्राहकले तोकिएको रकमको रिचार्जमा १८० जीबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्नेछन् । ग्यालेक्सी S26 सिरिजमा ३९९ रुपैयाँको रिचार्ज गर्दा प्रति महिना १५ जीबीका दरले १२ महिनासम्म कुल १८० जीबी डेटा पाइनेछ भने अन्य मोडेलहरूमा २९९ रुपैयाँको रिचार्जमा कुल १२० जीबी डेटा उपलब्ध हुनेछ ।
नयाँ सार्वजनिक गरिएको ग्यालेक्सी S26 सिरिजमा सामसुङले शक्तिशाली एआई फिचर र उन्नत क्यामेरा प्रविधिलाई प्राथमिकता दिएको छ । मध्यम वर्गीय बजेटमा पनि प्रिमियम अनुभव दिन ग्यालेक्सी A57 र A37 5G बजारमा उतारिएको कम्पनीले जनाएको छ ।
यो अफर मे २७ देखि जुन ३० सम्म देशभरका सामसुङका आधिकारिक स्टोर तथा पार्टनर आउटलेटहरूमा लागू हुनेछ । सिमित अवधिका लागि ल्याइएको यस योजनाले पुरानो प्रविधिबाट नयाँ र अत्याधुनिक स्मार्टफोनमा सर्न चाहने प्रयोगकर्ताहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।































प्रतिक्रिया