काठमाडौं । यानिक सिनर बिहीबार फ्रेन्च ओपन २०२६ बाट बाहिरिएका छन् र उनी दोस्रो चरणको पाँच सेट चलेको खेलमा अर्जेन्टिनाका जुवान म्यानुएलसँग पराजित भएका हुन् ।
विश्व नम्बर १ खेलाडीले दुई सेटको अग्रता लिएर पनि अन्ततः खेल ३–६, २–६, ७–५, ६–१ र ६–१ ले गुमाए । तेस्रो सेटमा पनि सिनर एक समय ५–१ ले अगाडि थिए । तर त्यसपछि नाटकीय ढंगले उनको खेल कमजोर बनेको थियो ।
रोलान्ड ग्यारोसमा सिनर उपाधिको बलियो प्रत्यासी रहेका थिए । महिलातर्फ डिफेन्डिङ च्याम्पियन कोका गफ तेस्रो चरण पुगेकी छिन् । उनले इजिप्टकी क्वालिफायर मायर सेरिफलाई ६–३ र ६–२ ले हराइन् ।





























प्रतिक्रिया