एक यस्तो पुल, जसले कुकुरलाई आत्माहत्याको लागि उकास्छ । अक्सर कुकुरहरु यसको आसपासमा आएपछि उक्त पुलले आकर्षित गर्छ । त्यहाँ पुगेर ५० फिटको उचाईबाट हाम फाल्छ । यदि भाग्यवस कुकुर बाँच्यो भने दोस्रो पटक फेरी पुलमा उक्लन्छ र हाम फाल्छ ।
यो पुल डम्बार्टनको नजिकै मिल्टन गाउँमा छ । यो पुल ६० दशकदेखि मान्छेका निम्ति रहस्य बन्दै आएको छ । अहिलेसम्म यहाँ ६ सय कुकुरले आत्माहत्या गरिसकेको छ ।
जब मानिसले यहाँबाट आत्माहत्या गर्ने प्रयास गर्छन्, त एउटा चेतावनीको नोटिस बोर्ड छ ।
अचम्म लाग्दो त के छ भने, जति पनि कुकुरले यहाँबाट आत्माहत्या गरेका छन्, त्यो एक खास स्पटबाट गरेका छन् । केहि मानिसहरुको विश्वास छ कि, यहाँ खराब आत्माले चलखेल गर्छ ।
सुनिए अनुसार १९९४ मा एक व्यक्तिले उक्त पुलबाट आफ्नो बच्चालाई तल फ्याकेका थिए । उक्त बच्चा फ्याकेको केहि महिनापछि त्यो व्यक्तिले पनि आत्माहत्या गरेका थिए, सोहि स्थानबाट । कतिले के पनि भन्छन् भने, यहाँ मृत र जिउँदो व्यक्तिको दुनिया फेला पर्छ ।





























प्रतिक्रिया