राष्ट्रिय टेबल टेनिस : जुनियरतर्फ जयस्नु र प्राज्नालाई स्वर्ण

राष्ट्रिय टेबल टेनिस : जुनियरतर्फ जयस्नु र प्राज्नालाई स्वर्ण

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल आर्मीका जयस्नु महर्जन र नेपाल प्रहरीकी प्राज्ना महर्जनले ४२औँ राष्ट्रिय टेबल टेनिस च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन् । जुनियर यू–१९ अन्तर्गत सिंगल्सको ब्वाइजमा जयस्नु र गर्ल्समा प्राज्नाले स्वर्ण जितेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा जयस्नुले वाग्मती प्रदेशका रिजन शाक्यलाई ११–७, ११–२ र ११–८ ले पराजित गरे । गण्डकी प्रदेशका समीर खत्री तथा एपीएफका निश्चल थापा तेस्रो भए ।

गर्ल्सको उपाधि भिडन्तमा प्राज्नाले एपीएफकी क्यारिना सुवाललाई सिधा सेटमा ११–३, ११–५ र ११–८ ले हराइन् । कोसी प्रदेशकी सुलेखा ठाकुर र आर्मीकी सुरम्य शाक्य तेस्रो बने ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष/महिला टिम इभेन्ट्समा नेपाल प्रहरी पहिलो भयो । पुरुषको फाइनलमा प्रहरीले वाग्मतीलाई ३–१ ले पाखा लगायो । प्रहरीबाट संयोग कपाली, एलेक्स महर्जन र गनञ्जय दाहालले प्रतिस्पर्धा गरेका थिए । एपीएफ र कोसी तेस्रो स्थानमा रहे ।

Skip This
Skip This
Logo