काठमाडौँ । गत आईतवार सामाजिक सन्जाल फेसबुकमा पार्टी परित्याग गरेका एक नेतालाई एमाले एकसाथ दुई जिम्मेवारी दिएको छ ।
केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टीमा इमानदार कार्यकर्ताको सम्मान हुन छाडेको आरोप लगाउँदै सार्वजनिक रूपमा राजीनामा घोषणा गरेका थिए । शुक्रबार एमाले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा उनैलाई दुई जिम्मेवारी दिइएको उल्लेख छ ।
उनलाई मिसन पार्टी जागरण अभियानअन्तर्गत धनुषा र पालिका केन्द्रित जिम्मेवारीमा धनुषाकै सहिदभूमि नगरपालिकामा जिम्मेवारी तोकिएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्। एमालेमा प्रवेश गरेको धेरै समय भए पनि आफूसँगै आएकाहरूको समायोजन हुन नसकेको र कमिटीविहीन भएको उनले आरोप लगाएका छन्।































प्रतिक्रिया