खोटाङ,९,पुस
गाउँपालिकाको केन्द्रका विषयमा असहमती जनाउँदै खोटाङको दिप्रुङ गाउँपालिकाका तीन जना वडाध्यक्ष सहित १४ जनप्रतिनिधिले राजीनामा दिएका छन् । सछितापोखरीको तृतिय भञ्ज्याङमा प्रस्तावित केन्द्रलाई सछितापोखरीको नाराङ्गा वा डाँडागाउँ ओख्रेमा सार्नु पर्ने पक्षमा आवाज उठाउँदै आएका दिप्रुङ गाउँपालिका–१ याम्खाका वडाध्यक्ष शमशेर बहादुर खत्री, दिप्रुङ गाउँपालिका–२ डाडाँगाउका वडाध्यक्ष भिमबहादुर खत्री र दिप्रुङ गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर मगर सहित १४ जनप्रतिनिधिले संयुक्त राजीनामा दिएका हुन् । गाउँपालिकाको केन्द्र टुंग्याउने विषयमा बिहिबार देखि सुरु भएको छलफलमा छोरम्बु, बतासे, सछितापोखरी र छितापोखरीका वडाका जनप्रतिनिधि सछितापोखरीको ह्याकुले भञ्ज्याङ देखि तृतिय भञ्ज्याङ सम्मको क्षेत्रमा केन्द्र राखिनु पर्ने अडान लिएपछि उनीहरुले शुक्रबार साँझ राजीनामा दिएका हुन्।
जनप्रतिनिधिको एक समूह सछितापोखरीको ह्याकुले देखि तृतिय भञ्ज्याङ आसपासमा तथा अर्को समूह नाराङ्गा वा डाँडागाउँ ओख्रेमा केन्द्र राख्नु पर्ने पक्षमा बिभाजित भएर विबादमा उत्रिए पछि निष्कर्ष बिहिन बनेको बैठक गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले पुस १० गते सम्मका लागि स्थगित गरेको सूचना टाँस गरेका छन् । राज्य पुनसंरचना आयोगले भने दिप्रुङ गाउँपालिकाको केन्द्र सछितापोखरी तृतिया भञ्ज्याङ तोकेको थियो । हाल सोही स्थानबाट गाउँपालिकाको कामकाज सञ्चालन हुँदै आएको छ । तृतिया भञ्ज्याङकै आसपासमा रहेको ह्याकुले भञ्ज्याङमा केन्द्रका लागि १११ रोपनी जग्गा समेत प्राप्त भइसकेको माओबादी केन्द्रका नेता दिपक पाण्डेले बताए ।
नागरिकबाट































प्रतिक्रिया