सिन्धुपाल्चोक,९,पुस

सुनकोसी गाउँपालिका–६ थुम्पाखर टिमुरेका ध्रुव थापाले घरको डीपीसी सकेको एक साता बढी भयो । "/>

पुनर्निर्माण कछुवा गतिमा, ३१ महिनामा बल्ल ४ प्रतिशत घर !

पुनर्निर्माण कछुवा गतिमा, ३१ महिनामा बल्ल ४ प्रतिशत घर !

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,९,पुस

सुनकोसी गाउँपालिका–६ थुम्पाखर टिमुरेका ध्रुव थापाले घरको डीपीसी सकेको एक साता बढी भयो । डीपीसीको नापजाँचका लागि पुनर्निर्माण प्राधिकरणबाट खटिएका प्राविधिकहरूलाई बोलाएको पनि दुई साता बढी भयो तर प्राविधिकहरूले उनको कुरा सुनेनन् । प्राविधिकहरू आएर डीपीसीको नाप–जाँच नगरेपछि उनले घर निर्माणको काम अघि बढाउन सकेका छैनन् । प्राविधिकहरू नआएपछि थापाले डीपीसीबाट माथिको काम अघि बढाउन नै सकेका छैनन् । ‘गाह्रो लगाउन सुरु गरेपछि आएर डीपीसी मिलेन भनेर भत्काउलान् भन्ने पीर सुरु नगरुँ बल्ल बल्ल खोजेका कामदार नपाउने पीर,’ थापाले भने ।

प्राविधिकहरू डीपीसी सम्मको फोटो खिचेर ल्याउन अह्राउँछन् र फोटो हेरेरै स्वीकृति दिन्छन् । प्राविधिकले फोटो मात्र मागेपछि थापा पनि फोटोबाटै काम चलाउने निष्कर्षमा छन् । विनाशकारी भूकम्पपछि जिल्लाका ७५ हजार भन्दा बढी घरमा क्षतिपुग्यो । यति नै संख्यामा लाभग्राही छन् । तर किस्ता लिएर निर्माण सुरु गरेका लाभग्राहीले समेत प्राविधिकको झन्झटिलो प्रक्रिया र बेवास्ताका कारण तीन वर्षमा जम्मा ३ हजारवटा घरले निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । प्राधिकरणले समयसीमा दिएर निजी आवास निर्माण नगरे अनुदान नदिने बताएपछि जिल्लामा पुनर्निर्माणले गति लिएको छ । तर प्राविधिकहरू गाउँमा गएर नापजाँच नगर्दा पीडितहरू समस्यामा परेका छन् ।

निजी आवास निर्माणका लागि प्राविधिक परिचालनकोे जिम्मा पाएको सहरी विकास तथा भवन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख इन्जिनियर टंक गौतम प्राविधिकहरू गाउँमै रहेको र पीडितहरूले खबर गर्नासाथ फिल्डमा पुगेको दाबी गर्छन् । पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदान २०७५ असार मसान्त भित्रै लिनु पर्ने बताएपछि गाउँ–गाउँमा निजी आवास निर्माण प्रक्रियाले गति लिए पनि गाउँमा प्राविधिक नहुँदा भूकम्पपीडितहरू समस्यामा छन् । जग्गा ठीक पारेर डीपीसी सम्म गरेपछि पहिलो किस्ताका लागि प्राविधिकले सिफारिस गर्नु पर्ने हुन्छ ।
राजधानीबाट

Skip This
Skip This
Logo