रास्वपा सचिवालय बैठक भर्चुअल माध्यमबाट आज बस्दै (के छन एजेण्डा)?

रास्वपा सचिवालय बैठक भर्चुअल माध्यमबाट आज बस्दै (के छन एजेण्डा)?

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बेलुकी ८ बजे भर्चुअल माध्यमबाट बस्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्न लागेको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन विस्तार तथा आगामी महाधिवेशनसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा छलफल हुने महामन्त्री कविन्द्र बुर्लाकोटी जानकारी दिएका छन् ।

बैठकको पहिलो कार्यसूची अन्तर्गत देशको पछिल्लो राजनीतिक अवस्था र पार्टीका गतिविधिबारे समीक्षा हुने र बैठकमा पार्टीका अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागहरूको मनोनयन सम्बन्धी विषयमा निर्णय गर्ने एजेन्डा रहेको छ। महामन्त्री बुर्लाकोटीले पार्टीभित्र अनुशासन उल्लंघनका विषयमा आवश्यक कारबाही सम्बन्धी छलफल पनि हुने बताएका छन् ।

रास्वपाले आगामी महाधिवेशनलाई केन्द्रमा राखेर प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गत गठन गरिने उपसमितिहरू तथा महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धी विषयमा समेत निर्णय प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

त्यसैगरी पार्टी विधान संशोधन सम्बन्धी प्रस्तावमाथि पनि बैठकमा छलफल हुने कार्यसूचीमा उल्लेख छ। विधान संशोधनलाई आगामी संगठनात्मक संरचना र नेतृत्व चयन प्रक्रियासँग जोडेर हेरिएको छ।

बैठकमा संघीय सांसदहरूको पार्टीभित्रको जिम्मेवारी तथा भूमिकाबारे समेत छलफल हुने जनाइएको छ। सांसदहरूलाई संगठनात्मक गतिविधिमा थप सक्रिय बनाउने विषयमा समेत निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।

यस्ता छन बैठकका एजेण्डा
बैठकको कार्यसूची:
१. समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धमा ।
२. अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन ।
३. अनुशासनात्मक कारबाही सम्बन्धमा ।
४. प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा ।
५. महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति सम्बन्धमा ।
६. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा ।
७. विधान संशोधन सम्बन्धमा ।
८. संघीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा ।
९. विविध ।
क. जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा ।
ख. प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५% बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।
ग. सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।

Skip This
Skip This
Logo