काठमाडौं,८,पुस
सरकारले उपत्यकाका चारवटै दिशामा बनाउन लागेका नयाँ स्याटलाइट सहरका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन परामर्शदाता नियुक्त गर्ने काम अन्तिम चरणमा पुर्याएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणकले अगाडि बढाएको यस्तो प्रक्रियामा तीनवटै सहरका लागि प्राविधिक प्रस्ताव आइसकेको छ। दुईवटा सहरको प्राविधिक प्रस्ताव स्वीकृत भइसकेर आर्थिक प्रस्ताव माग गरिएको प्राधिकरणका सहरी योजनाकार भागवतभक्त खोखालीले बताए । उनले भने, ‘तीनवटा सहरका लागि आगामी एक महिना र सबैभन्दा ठूलो क्षेत्रफलको एउटा सहरको डेढ महिनाभित्र परामर्शदाताको टुंगो लागि सक्नेछ।
एकदेखि डेढ वर्ष भित्रै डीपीआरको प्रतिवेदन तयार गर्न सरकारले करिब एक लाख ३० हजार रोपनी जग्गा रोक्का राखेको छ । १० हजार रोपनी क्षेत्रफलको जग्गामा बन्ने सहरको डीपीआर बनाउन एक वर्ष र एक लाख रोपनी बन्ने सहरका लागि भने १५ महिनाको समय दिएर डीपीआरको जिम्मा लगाउन लागिएको हो।
यस्तो प्रक्रियामा नेपाली ठेकेदारलाई ३० दिन र विदेशीलाई ४५ दिने सूचना दिएर माग गरिएको प्रस्तावको मूल्यांकन भइरहेको छ। प्रस्ताव प्राप्त भएको एक सातापछि गत बुधबार आर्थिक प्रस्ताव माग गरिएको हो। त्यसपछिको एक हप्ता मूल्यांकन, एक हप्ता दाबी विरोध र अर्को हप्ता सम्झौता गर्न आउने गरी तीन हप्ताको समय राखिएको छ । एक महिनाभित्र डीपीआरको जिम्मा पाउने कम्पनी छनोट भइसक्ने खोखालीले जानकारी दिए। नयाँ सहर निर्माण गर्न काठमाडौंको उत्तरपूर्व क्षेत्रमा एक लाख रोपनी जग्गा रोक्का छ । काठमाडौंबाट पूर्वदक्षिण, दक्षिणपश्चिम र उत्तरी क्षेत्रमा भने १०/१० हजार रोपनी जग्गा रोक्का छ । चारवटै क्षेत्रमा नयाँ स्याटलाइट सहर बनाउन सरकारले गत वैशाख २९ देखि ०७७ वैशाख २८ सम्म तीन वर्षका लागि जग्गा रोक्का गरेको हो।
अन्नपूर्णबाट





























प्रतिक्रिया