केही ठाउँमा पानी पर्ने, तराई तातो दिन हुने

केही ठाउँमा पानी पर्ने, तराई तातो दिन हुने

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विभागका अनुसार आज देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।

आज राती कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

Logo