काठमाडौं ।
दाङको तुल्सिपुर वडा नम्बर ६ मा रहेको त्रिसिद्देश्वरी मन्दिरमा रहेका दानपेटिका तोडेर नगद चोरी गरी मन्दिरमा भएका बाघका मुर्तिहरु तोडफोड गर्ने घटनामा संलग्नलाई पहिचान गरी कारबाही गर्न विश्व हिन्दु युवा संघले सरकारसँग माग गरेको छ।
संघको तर्फबाट आज विश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका छन् । उनले गएराति मन्दिरमा भएको चोरी र मुर्ति तोडफोड घटनामा सरकार गम्भीर नबनेका कारण घटेको आरोप समेत लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘दाङको त्रिसिद्देश्वरी मन्दिरको दान पेटिकाबाट पैसा चोरी गरेर उक्त मन्दिरमा भएका मुर्ति तोडफोड गर्ने अपराधीलाई पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन हामी सरकारसँग जोडदार रुपमा माग गर्दछौं । मन्दिर जस्तो निःस्वार्थ स्थानमा पनि यस्ता अपराधिक गतिविधि गर्ने ब्यक्तिलाई यदि राज्यले नै कारबाही नगरेर उन्मुक्ति दिए, ति ब्यक्ति नै भोलि समाजमा अशान्ति मच्चाउन लाग्ने भएकाले यस्ता अराजक ब्यक्तिलाई तत्काल कारबाहीको दायरामा ल्याउन जरुरी छ।’






























प्रतिक्रिया