काठमाडौं,६, पुस
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशमा छिटो समझदारीमा पुग्ने गरी अग्रसरता लिन वाम गठबन्धनका दुई प्रमुख नेताको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रपति निवासमा बुधबार भेटवार्ताका लागि पुगेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भण्डारीले सहमति खोज्न आग्रह गरेकी हुन् । ‘अहिले प्रतिपक्षमा भए पनि भोलि सरकारको नेतृत्व गर्दै हुनुहुन्छ, त्यसैले तपाईंहरूले पनि अध्यादेशबारे छलफल गरेर समझदारी जुटाउन पहल गर्नुहोस्,’ राष्ट्रपतिको भनार्इ उद्धृत गर्दै राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले भने, ‘उहाँहरूले पनि त्यस निम्ति लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।’
भेटवार्तामा एमाले नेता सुवास नेम्वाङ तथा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । नेम्वाङले अध्यादेश प्रति असहमति राख्नुको कारण राष्ट्रपतिलाई प्रस्टसँग जानकारी गराएको बताए ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया