काठमाडौं,६, पुस
भारतबाट विद्युत् आयात गरेर लोडसेडिङको भार थेग्दै आएको नेपालका लागि लोडसेडिङ व्यवस्थापनमा पुनः चुनौती देखिएको छ । "/>

फेरि लोडसेडिङ हुन सक्ने सम्भावना वढ्यो !

फेरि लोडसेडिङ हुन सक्ने सम्भावना वढ्यो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६, पुस
भारतबाट विद्युत् आयात गरेर लोडसेडिङको भार थेग्दै आएको नेपालका लागि लोडसेडिङ व्यवस्थापनमा पुनः चुनौती देखिएको छ । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट नेपाल भित्रिरहेको १ सय ४५ मेगावाट विद्युत् सम्झौता अवधि सकिन लागेकाले यो समस्या खडा भएको हो । सो प्रसारण लाइनबाट नेपाल भित्रिरहेको बिजुलीको आयात सम्झौता १६ पुस (डिसेम्बर अन्त्य) मा सकिँदै छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटीको बैठकमा यो एजेन्डा उठाउने तयारी गरिए पनि आकस्मिक रूपमा सो बैठक स्थगित गरिएकाले लोडसेडिङ व्यवस्थापनमा चुनौती देखिएको हो ।

बिहीबार र शुक्रबार हुने भनिएको सो बैठकका लागि प्राविधिक तयारी पनि नपुगेको र सरकार पनि परिवर्तनको संघारमा रहेकाले नेपालका तर्फबाट नै बैठक स्थगनका लागि प्रस्ताव गरिएको हो ।  ‘विद्युत् खरिद–बिक्री र क्रस बोर्डर प्रसारण लाइनको विषयमा प्राविधिक समितिको गृहकार्य बाँकी रहेको थियो,’ सचिव घिमिरेले भने, ‘ढल्केबरबाट आयात भइरहेको विद्युतको विषयमा कुरा नमिल्दा बैठक केही समयका लागि स्थगित भएको हो ।’
राजधानीबाट

Skip This
Skip This
Logo