जिस्क्याउने युवकलाई महिलाले हिर्काइन् स्तनको झापडै झापड …. (भिडियो)

जिस्क्याउने युवकलाई महिलाले हिर्काइन् स्तनको झापडै झापड …. (भिडियो)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु, ५ पुस ।

विश्वभरका विभिन्न ठाउँमा महिलाहरूलाई जिस्क्याउने, उनीहरूप्रति हेरेर अश्लील संकेत गर्ने वा उनीहरूलाई सुनाएर द्विअर्थी कुरा गर्ने गरेका घटनाहरू चर्चामा आइरहन्छन् । केही महिलाहरू यस किसिमका घटनाहरूमा विरोध गर्छन् भने धेरैजसो महिला चुपचाप भई यस्ता गतिविधिलाई बेवास्ता गरिदिन्छन् ।

तर हालै एकजना महिलाले आफूलाई जिस्क्याउने युवकलाई कस्तो किसिमले पाठ सिकाइन् भने उनको त्यो कुरा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाइरल भइरहेको यस भिडियोमा देखिन्छ– एकजना महिलाले चिच्याउँदै कराउँदै एकजना युवकलाई भुइँमा पछारिदिन्छिन् । ती महिलाले त्यस युवकलाई आफ्नो खुट्टाले च्याँपिरहेकी छन् । केही बेरपछि ती युवती रिसको झोँकमा युवकमाथि चिच्याउँदै आफ्नो टी सर्ट फुकाल्छिन् अनि पहिले हातले र पछि नाङ्गा स्तनहरूले युवकको गालामा दुईतर्फी प्रहार गरिरहन्छिन् ।

 

घटना ब्राजिलको हो । दक्षिण पश्चिम ब्राजिलस्थित रिबेइरो प्रेतो नामक सिटी सेन्टर अगाडिको भएको बताइएको छ ।

भिडियोमा के देखिन्छ भने ती महिलाले त्यसो गरिरहेको बेला वरिपरि उभिएका मानिसहरूमध्ये धेरैले आफ्नो मोबाइलबाट भिडियो बनाइरहेका हुन्छन् । ती व्यक्तिमध्ये नै कसैले यो भिडियो इन्टरनेटमा अपलोड गरिदिएपछि यो भाइरल हुन पुगेको हो ।

भिडियो भाइरल भइसकेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै केही मानिस युवकलाई सबक सिकाएकोमा ती महिलाको प्रशंसा गरिरहेका छन् भने धेरै मानिसहरू उनको आलोचना गर्दै उनले त्यसो गर्न नहुने जिकिर गरिरहेका छन् ।

समाचारअनुसार, भिडियोमा देखा परिरहेकी ती महिलाको आरोप छ, उनले सिटी सेन्टरभन्दा बाहिर उभिएर विज्ञापन पर्चा–पम्पलेट बाँडिरहेको बेला उक्त आरोपित युवकले लगातार उनलाई जिस्क्याइरहेको थियो । उता, युवकले आफू निर्दोष रहेको र केवल सपिङ गरिरहेको बताएको छ । एजेन्सी

Logo