भैरहवा, ५, पुस

मुआब्जा वितरणको विषयलाई लिएर आइतबार देखि ठप्प गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको छ । "/>

सहमतिपछि विमानस्थलको निर्माण कार्य सुचारु

सहमतिपछि विमानस्थलको निर्माण कार्य सुचारु

केन्द्रबिन्दु
0
Shares

भैरहवा, ५, पुस

मुआब्जा वितरणको विषयलाई लिएर आइतबार देखि ठप्प गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको छ । क्रमसंख्याका आधारमा मुआब्जा वितरण गर्ने पीडित किसान र विमानस्थल व्यवस्थापन समिति बीच सहमतिपछि अबरोध भएको निर्माण कार्य सुचारु भएको हो । प्रमुख जिल्ला अधिकारी हरि मैनालीको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकमा आर्थिक लेनदेनमा नपरी क्रमसंख्याका आधारमा मुआब्जा बितरण गर्ने सहमति भएको हो । पीडितहरुले समयमै समस्या समाधान गर्न विमानस्थल आयोजनाको कार्यालयमै नापी र मालपोतको अस्थाई डेक्स राखिने परियोजना प्रमुख ओम शर्माले बताए ।
पूर्णरुपमा घरबार विहीन भएका, बिरामी परेका पीडितहरुको पहिचान गरी मुआब्जा वितरण गरिने प्रमुख शर्माले बताए । मुआब्जा वितरणमा लापरवाही गरेको भन्दै स्थानीयले दुई दिन देखि काममा अबरोध गरेका थिए । दुई वर्ष देखि जग्गा रोक्का हुँदा जिविकोपार्जनमा समस्या भएको भन्दै पीडित आन्दोलनमा उत्रिएका थिए । सहमति अनुसार काम नभए फेरी आन्दोलन गर्ने सिद्धार्थनगर नगरपालिका वडा नं ४ का स्थानीय राजेन्द्रकुमार कार्कीले बताए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo