काठमाडौँबाट ३ सय १३ जना उम्मेदवारको धरौटी जफत

काठमाडौँबाट ३ सय १३ जना उम्मेदवारको धरौटी जफत

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ४ पुस । गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौँ जिल्लामा ३ सय १३ उम्मेदवारको धरौटी जफत भएको छ ।

प्रतिनिधिसभातर्फ १ सय ४४ र प्रदेशसभातर्फ १ सय ६९ उम्मेदवारको धरौटी जफत भएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए ।

प्रतिनिधिसभामा १ सय ७१ र प्रदेशसभामा २ सय २२ जना उम्मेदवार रहेका थिए । उनले सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्थाअनुसार नै उनीहरुको धरौटी जफत भएको बताए ।

प्रतिनिधिसभातर्फ १० हजार र प्रदेशसभाका उम्मेदवारले ५ हजार रुपैंया उम्मेदवार दर्ता गराउँदा शुल्क बुझाउनुपर्ने हुन्छ । काठमाडौँ जिल्लामा १० निर्वाचन क्षेत्र रहेको छ । प्रायः सबै जिल्लामा विजयपछिको निकटतम प्रतिद्वन्द्वी उम्मेदवारबाहेक सबैको धरौटी जफत भएका छन् ।

Skip This
Skip This
Logo