भारतीय सेना प्रमुख बालुवाटारमा

भारतीय सेना प्रमुख बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।नेपाल भ्रमणमा रहेका भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय सेनाअध्यक्ष नरवणेले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको जनाएका हुन् ।

भेटमा के कुरा भयो भन्ने विषय सार्वजनिक गरिएको छैन । तर, दुई देशबीचमा देखिएको पछिल्लो सीमा विवाद र संवादहिनताको विषयमा दुई पक्षको बीचमा कुराकानी हुने बताइएको छ ।

यसअघि भारतीय रअ का प्रमुख सामन्त गोयल असोज ५ गते नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेर फर्किपछि नरवणे नेपाल आएका हुन् ।बुधवार नेपाल आएका नरवणे वसन्तपुर र पशुपती मन्दीर घुमघामका साथै राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट मनार्थ ग्रहण गरेका थिए । बिहिबार नै उनले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् ।

भारतीय सेना प्रमुख नरवणे आज पाँच वजे विशेष विमानबाट भारत फर्किने कार्यतालिका छ।

Logo