काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाल’ को अगाडि बिशेषण जोड्नु आबश्यक नरहेको भन्दै सरकारको निर्णयलाई समर्थन जनाएका छन् । "/>

सरकारलाई कमल थापाको साथ, ‘देशको नाम नेपाल नै सही’

सरकारलाई कमल थापाको साथ, ‘देशको नाम नेपाल नै सही’

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाल’ को अगाडि बिशेषण जोड्नु आबश्यक नरहेको भन्दै सरकारको निर्णयलाई समर्थन जनाएका छन् ।
अध्यक्ष थापाले संघियता, गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको नभई प्राचिनकालदेखि नै देशको नाम नेपाल भएकाले बिशेषण जोड्नु आबश्यक नभएको उल्लेख गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाम अगाडि रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ।’
गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको थियो। यो निर्णयको कतिपयले  विरोध गरिरहेका छन्।

Skip This
Skip This
Logo