सांग्रिला डेभलपमेन्ट बैंक साइकल र्यालीको चौथो संस्करण सम्पन्न, १५ सय सहभागीले गरे पैदल यात्रा तय

सांग्रिला डेभलपमेन्ट बैंक साइकल र्यालीको चौथो संस्करण सम्पन्न, १५ सय सहभागीले गरे पैदल यात्रा तय

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरेको चौथो “सांग्रिला साइकल ¥याली” शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।

गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको ¥याली नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती, भाटभटेनी हुँदै बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय अगाडि पुगेर पुनः एलिस रिसेप्सनमा आएर समापन भएको थियो । उक्त ¥यालीमा करिब १५ सय जना उत्साही सहभागीले काठमाडौँको प्रमुख सडकखण्ड हुँदै १४ किलोमिटरको दूरी साइकलमा पूरा गरेका थिए । सहभागीहरूमा विभिन्न उमेर समूहका व्यक्तिहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक समिति सदस्य लिसा शेरचनले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बैंकले वातावरणीय चेतना र दिगो विकासलाई प्राथमिकतामा राखेको बताइन् । ¥यालीपछि आयोजित समापन समारोहमा लक्की ड्र मार्फत विजेता बनेकी अञ्जु पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले आकर्षक साइकल प्रदान गरेका थिए । साथै, धेरै सहभागीलाई विभिन्न गिफ्ट ह्याम्परहरू पनि वितरण गरिएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले सन् २०७९ सालदेखि नै यस ¥यालीलाई निरन्तरता दिँदै आएको छ । “वातावरणको संरक्षण र साइकल संस्कृतिको विकास” भन्ने मूल उद्देश्यसहित सुरु गरिएको यो अभियानले प्रत्येक वर्ष सहरलाई एक दिन प्रदूषणरहित बनाउन आह्वान गर्दै आएको छ ।

आम नागरिकको गहिरो विश्वास र भरोसाका कारण हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय तथा ३० एटिएम मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै बैंकले सेवालाई अझ विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

Logo