ब्रिलियन्ट एजुकेशनद्वारा ‘इन्फर्मेसन डे -२०२६’ आयोजना, विद्यार्थीलाई सुनौलो मौका

ब्रिलियन्ट एजुकेशनद्वारा ‘इन्फर्मेसन डे -२०२६’ आयोजना, विद्यार्थीलाई सुनौलो मौका

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ‘शिक्षा सबैका लागि, पहिलो देश अनि विदेश’ भन्ने अभिप्रायका साथ शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील ब्रिलियन्ट एजुकेशन एण्ड करिअर सर्भिसेजले ‘इन्फर्मेसन डे -२०२६’ आयोजना गरेको छ ।

काठमाडौंको पुतलीसडकस्थित एजुकेशन ब्रिलियन्टको कार्यालयमा आज आयोजित उक्त कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो । विशेषगरी कक्षा १२ उत्तीर्ण गरी विदेशमा उच्च शिक्षा हासिल गर्ने योजना बनाएका विद्यार्थीहरूलाई लक्षित गरी बिहान १० बजेदेखि सुरु भएको यस कार्यक्रम दिउँसो ४ बजेसम्म चल्नेछ ।

कार्यक्रममा अष्ट्रेलिया, आयरल्याण्ड, वेलायत, अमेरिका, क्यानडा, न्युजिल्याण्ड र युरोपका विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिहरूसँग विद्यार्थी र अभिभावकले सिधै साक्षात्कार गरी भर्ना, छात्रवृत्ति र भिसा प्रक्रियाबारे सत्य र तथ्यमा आधारित परामर्श प्राप्त गर्ने अवसर पाएका छन् ।

कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजेन्द्र बरालका अनुसार, यस कार्यक्रमले विद्यार्थी र अभिभावकलाई विदेश अध्ययनसम्बन्धी सही जानकारी दिने र उनीहरूका जिज्ञासालाई सम्बोधन गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ ।

पटक-पटक आयोजना हुने यस्ता शैक्षिक मेला तथा कार्यक्रमले सम्बन्धित देशका विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरी आफ्नो जिज्ञासा र अलमल मेटाउन सुनौलो अवसर मिलेको भन्दै कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि खुसी व्यक्त गरेका छन् ।

विगत २२ वर्षदेखि विश्वसनीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ब्रिलियन्ट एजुकेशन नेपाल सरकारको उद्योग तथा वाणिज्य मन्त्रालय, आन्तरिक राजस्व विभाग (अर्थ मन्त्रालय) र काठमाडौँ महानगरपालिकामा पूर्ण रूपमा दर्ता भई सञ्चालित संस्था हो । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट इजाजत पत्र (स्वीकृत नं. ०२) प्राप्त यो कम्पनी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आजीवन सदस्य हुनुका साथै अन्तर्राष्ट्रिय ख्याति प्राप्त ‘आईसिईएफ एजेन्सी स्टाटस २३२०’ को समेत सदस्य रहेको छ ।

लामो अनुभव र बलियो सञ्जाल रहेको ब्रिलियन्ट एजुकेशनले नेपालका प्रमुख सहरहरू हेटौँडा, सुर्खेत, इटहरी, चितवन, रूपन्देही, कावासोती, पोखरा, बिर्तामोड, धरान, धनकुटा र भारतको सिलगुढीमा रहेका सम्पर्क कार्यालयहरू मार्फत समेत सेवा दिँदै आएको छ । संस्थाले विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि आवश्यक पर्ने पूर्व तयारी कक्षाहरू जस्तै आईएलटीएस, पिटिई र टाेफेलका कक्षाहरू समेत दक्ष प्रशिक्षकहरूद्वारा सञ्चालन गरिरहेको छ । भाषा परीक्षामा राम्रो अङ्क ल्याउने विद्यार्थीहरूलाई यस संस्थाले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, अमेरिका, बेलायत, युरोप र जापानमा उच्च शिक्षाका लागि पठाउँदै आएको छ ।

Logo