सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिदबारे छानबिन गर्न बन्याे समिति

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिदबारे छानबिन गर्न बन्याे समिति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा भएको भनिएको आर्थिक अनियमितता र वित्तीय अनुशासन उल्लङ्घनबारे छानबिन गर्न समिति गठन गरेको छ ।

इन्जिनियर डा. आभाष मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नवीनकुमार मिश्र सदस्य छन् । संस्थाले सन् २००२ देखि विदेशी कम्पनीसँग गर्दै आएको स्याटेलाइट ब्यान्डविथ भाडा सम्झौता, प्रविधि रूपान्तरण र उपकरण खरिद प्रक्रियामा प्रश्न उठेपछि मन्त्रालयले कदम चालेको हो ।

समितिलाई २१ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

Logo