काठमाडाैं । भृकुटीमण्डपमा जारी ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनीमा ‘एबिसी इन्फिनिटी प्राइभेट लिमिटेड’ अन्तर्गतको स्वदेशी ब्रान्ड ‘हेभेन एलईडी’ आगन्तुकहरूको प्रमुख आकर्षण बनेको छ ।
विगत १० वर्षदेखि नेपाली बजारमा गुणस्तरीय एलईडी लाइट तथा विभिन्न विद्युतीय सामग्रीहरू उत्पादन गर्दै आएको यस ब्रान्डले एक्स्पोमार्फत हजारौं आगन्तुक, ग्राहक तथा इन्जिनियरहरूमाझ आफ्ना उत्पादनहरू प्रत्यक्ष प्रस्तुत गर्ने सुनौलो अवसर पाएको छ ।

यस स्वदेशी ब्रान्डका उत्पादनहरूको विशेष विशेषता भनेको यसमा जोडिएको नेपाली श्रम र भावना हो। यी सामग्रीहरू तयार गर्न स्थानीय नेपाली दिदीबहिनी तथा आमाहरूको ठूलो योगदान, मेहेनत र माया जोडिएको छ। हरेक लाइट र सामग्रीमा उनीहरूको हातको सीप र समर्पण गाँसिएकाले नै यी उत्पादनले नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो पहिचान बनाउन सक्ने आत्मविश्वास कम्पनीले यस एक्स्पोबाट प्राप्त गरेको सीईओ बलराम कुइँकेलले बताए ।

हेभेन एलईडीको मूल उद्देश्य ग्राहकलाई केवल ब्रान्ड बेच्नु मात्र नभई उनीहरूको वास्तविक आवश्यकता पहिचान गर्नु रहेको कम्पनीले स्पष्ट पारेको छ। ग्राहकको अपेक्षा, बजेट र गुणस्तरको सन्तुलन मिलाउँदै किफायती मूल्यमा उच्च गुणस्तरीय विद्युतीय सामग्री उपलब्ध गराउनु नै स्थापनाकालदेखि नै कम्पनीको मुख्य प्राथमिकता रहँदै आएको छ।






























प्रतिक्रिया