नेपालमै उत्पादन सुरु, बजाज डिस्कभर

नेपालमै उत्पादन सुरु, बजाज डिस्कभर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ पुस ।

गोल्छा अर्गनाइजेशनले मोटरसाइकलको एसेम्बल्ड प्लान्टबाट उत्पादन सुरु गरेको छ ।

नवलपरासीको रामग्राममा स्थापना भएको यो प्लान्टबाट १ सय २५ सीसीको बजाज डिस्कभरको उत्पादन शुरु भएको हो । अहिले बिक्री भइरहेको बजाज डिस्कभर बाइक नेपालमै उत्पादन भएको मोटरसाइकल हो । अहिले नेपालमा बिक्री भइरहेको डिस्कभर बाइक यही एसेम्बल्ड भएको मोटरसाइकल रहेको बताउँदै गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले अहिले दैनिक २५ देखि ३० वटा डिस्कभर बाइक उत्पादन भइरहेको बताए ।

७५ करोडको लागतमा स्थापना भएको यो प्लान्टबाट नेपालमा धेरै बिक्री हुने पल्सर बाइक समेत उत्पादनको लक्ष्य रहेको बताइएको छ । यो प्लान्टबाट प्लाटिना र १ सय ५० सीसीको पल्सर मोटरसाइकल उत्पादन गरिने समूहले जनाएको छ ।

कार्यकारी निर्देशक गोल्छाका अनुसार नेपालमा बढी बिक्री हुने पल्सर भने केही पछि मात्रै उत्पादन हुनेछन् । अहिले नेपालमै एसेम्बल्ड प्लान्टलाई दिगो बनाउन आवश्यक रहेको भन्दै धेरै कुरा सिक्न बाँकी रहेको पनि उनको भनाइ छ ।

उनका अनुसार बाइक उत्पादनकै लागि नयाँ प्लान्टका लागि मेशिनरी आउँदैछ । एसेम्बल्ड प्लान्टलाई विस्तार गर्नका लागि नयाँ प्लान्ट लाग्नेछ । उनले अटोमोबाइल उद्योगमा ठूलो लगानी हुने भएकोले र प्रतिफल पनि तत्कालै नआउने भएकोले सरकारले समेत नीतिगत रुपमा केही सहुलियत दिन आवश्यक रहेको बताए ।

उनले नेपालमै एसेम्बल्ड प्लान्ट राख्नुको अर्थ बाइक बिक्री मात्रै नभएर रोजगारी र अर्थतन्त्रलाई समेत फराकिलो बनाउनका लागि भएको बताए ।

प्लान्टबाट वार्षिक १८ हजार मोटरसाइकल उत्पादनको लक्ष्य राखेको छ । समूहले एसेम्बल्ड प्लान्ट हुँदै मोटरसाइकल उत्पादनसम्मको लक्ष्य राखेको छ । यो प्लान्टमा आवश्यक पर्ने महाप्रबन्धक, उत्पादन प्रवन्धक, मानव संशाधन प्रवन्धक र अदक्ष गरेर झन्डै ६७ जना कर्मचारी छन् ।

कम्पनीको अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको छ । नेपालमा स्थापना भएको मोटरसाइकलको यो दोस्रो एसेम्बल्ड प्लान्ट हो । यसअघि चिनियाँ कम्पनी अन्ना लिफानले नेपालमा एसेम्बल्ड प्लान्ट स्थापना गरेको थियो । जुन अहिले बन्द भइसकेको छ ।

 

Skip This
Skip This
Logo