काठमाडौ, ३ पुस । नेकपा माओवादीले केन्द्रीय कार्यालयको आकस्मिक बैठक आज सोमबार बोलाएको छ ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनको समीक्षा र नेकपा एमालेसँग पार्टी एकतालगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो ।
बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । बैठकमा सरकार गठन र पार्टी एकताको विषयमा छलफल हुने बताइएकाे छ ।
नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्गप्रशस्त नगरेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
पार्टी एकता, प्रदेश सरकार तथा तत्कालीन राजनीतिक विषयमा बैठक केन्द्रित हुने पार्टीले जनाएको छ ।
माओवादीभित्र पार्टी एकता हुनुपर्छ तर पार्टीको सम्मान जनक स्थान नभर्इ पार्टी विलय हुने स्थिति मान्न नसकिने कुराहरु बहिरा आकष्मिक बैठक गरिएको माओवादी केन्द्रका एक नेताले बताए ।































प्रतिक्रिया