बारा,३, पुस
गत जेठ १४ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यायस गरेको बहुचर्चित काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाकको निर्माण कार्यलाई नेपाली सेनाले शुरु गरेको छ। चार बर्ष भित्रमा ४ लेनमा फास्ट ट्रयाकलाई निर्माण गर्ने उदेश्यको साथ नेपाली सेनाले यसको निर्माण कार्यलाई अगाडी बढाएको हो। नेपाली सेनाका सहायक रथी भरतबहादुर खडकाको नेतृत्वमा खटेको टोलीले फास्ट ट्रयाकमा पर्ने रुखहरुको कटान लगायतका कार्यहरु समेत शुरु गरेको छ। फास्ट ट्रयाकको निर्माण कार्यमा प्रयोग हुने उपकरणहरुलाई राख्न र सेनाहरुलाई बस्नको लागि समेत जंगल भित्र व्यवस्था गर्ने कार्य समेत शुरु गरीएको सेनाका अधिकारीहरुले बताएका छन्।
अहिले फास्ट ट्रयाकमा पर्ने बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको लगभग १२ सय जति रुखहरु कटान गरीएको समूहका अध्यक्ष रवीराज दंगालले बताए। फास्ट ट्रयाक र दोस्रो अन्तिराष्ट्रिय बिमानस्थाल निर्माण संघर्ष समितिका संयोजक समेत रहेका दंगालले नागमणी सामुदायीक वनको लगभग १५० मिटरसम्मको ३० मिटर चौडा रुखहरु कटान गरीएको बताए।
नागरिकबाट





























प्रतिक्रिया