बाजेको सेकुवा बुटवलमा

बाजेको सेकुवा बुटवलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ पुस । बाजेको सेकुवाले बुटवलमा आफ्नो फ्रेन्चाईजी संचालनमा ल्याएको छ । यो समेत गरेर बाजेको सेकुवाको शाखाको संख्या १३ पुगेको छ ।

बुटवल इट फूड प्रालिले डेढ करोड लगानी गरेर बाजेको सेकुवाको आउटलेट संचालनमा ल्याएको हो । होटल व्यवसायी महासंघका पूर्व अध्यक्ष माधव नेपालले उद्घाटन गरेको यो रेष्टुरेन्टको संचालनले बुटवललाई खानेकुराका पारखीहरुले पनि संझने बताए । बाजेको सेकुवाका सुन्दरविक्रम शाहले बाजेको सेकुवा काठमाडौंमा मात्र ब्राण्डको रुपमा स्थापना भएको हुदाँ यसलाई फ्रेन्चाईजीको रुपमा अन्यत्र पनि लगेको बताए । उनले यस्ता शाखाहरु भविष्यमा अन्यत्र पनि खोलीने जानकारी दिए ।

Skip This
Skip This
Logo