काठमाडाैं, पुस २ : उपत्यकामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काे टाेलीले गरेकाे अनुसन्धानमा फोटो स्टुडियो र कम्युनिकेसनमा विभिन्न तहका नक्कली शैैक्षिक प्रमाण पत्रसहित राहदानी, लाइसेन्स लगायत सरकारी कागज पत्र बनाएकाे फेला परेकाे छ ।
सिआइबीले गरेकाे अाठ फाेटाे स्टुडियाे र कम्युनिकेशनकाे अनुसन्धानमा सात जनालाई पक्राउ गरेको हाे ।
कागजात किर्ते बनाउने गिरोहले अवैध कागजात बनाई सर्वसाधारणबाट रकम असुल गरिरहेको भन्ने विशेष सुचनामा छापा मार्दा उनीहरु पक्राउ परेको सिआइबीका एसपी जीवन कुमार श्रेष्ठले बताए ।
पक्राउ पर्नेमा स्टुडियोका संचालकहरु टेकबहादुर बुढामगर, रामजीप्रसाद डिसी, विराज श्रेष्ठ, श्यामकुमार थापा मगर, हरिबहादुर शाही, हरेराम श्रेष्ठ र विश्वनाथ अधिकारी रहेका छन् ।





























प्रतिक्रिया