प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक यो समाचार तयार गर्दासम्म सुरू हुन सकेको छैन ।

यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गर्दै आएका छन् ।

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उहाँले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिनिधिसभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री शाहले सम्बोधन गरेका छन् ।

Logo