पराष्ट्रमन्त्री खनाललाई सदनमा सम्बोधन गर्न दिन विपक्षी दलहरू तयार

पराष्ट्रमन्त्री खनाललाई सदनमा सम्बोधन गर्न दिन विपक्षी दलहरू तयार

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा सम्बोधन गर्न दिन विपक्षी दलहरू तयार भएका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको छलफलपछि छुट्टै जुटेका विपक्षी सांसदहरुको बैठकले परराष्ट्रमन्त्रीलाई सम्बोधन गर्न दिने निष्कर्ष निकालेको हो ।

त्यसपछि दलका नेताले बोल्ने तयारी भएको बताइएको छ ।

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।

Logo