ज्ञान र जिज्ञासाको उत्सव बन्यो प्रिमियरको ‘ज्ञान मेला २०२६’

ज्ञान र जिज्ञासाको उत्सव बन्यो प्रिमियरको ‘ज्ञान मेला २०२६’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले आयोजना गरेको ‘ज्ञान मेला २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । विद्यालयको वार्षिक ‘थ्योरी अफ नलेज एक्जिबिसन’ अन्तर्गत आयोजित कार्यक्रमले विद्यार्थीहरूको अनुसन्धान, समालोचनात्मक सोच र ज्ञानप्रतिको जिज्ञासालाई केन्द्रमा राखेको थियो।

“हामीले जे जान्दछौं, त्यो कसरी जान्दछौं ?” भन्ने मूल प्रश्नलाई आधार बनाएर आयोजित मेलाले विद्यालय परिसरलाई विद्यार्थी नेतृत्वको बौद्धिक मञ्चमा रूपान्तरण गरेको थियो। यस वर्षको कार्यक्रम नेपालको सांस्कृतिक विविधता र समृद्ध पहिचानलाई विषयवस्तु बनाइएको थियो। विद्यार्थीहरू परम्परागत नेपाली पोशाकमा सहभागी भएका थिए भने मच्छिन्द्रनाथको रथ र बौद्धनाथ स्तूपबाट प्रेरित कलात्मक सजावटले कार्यक्रमलाई विशेष बनाएको थियो।

कार्यक्रममा डिपी–१ का विद्यार्थीहरूले सञ्चालन गरेका १५ वटा अन्तरक्रियात्मक प्रदर्शनी स्टलहरू मुख्य आकर्षण बने । प्राचीन हस्तलिपि, छेत्री गुडिया, डीएनएका नमुना, ढुंगेधारा लगायतका वस्तुमार्फत विद्यार्थीहरूले संस्कृति, इतिहास, विज्ञान र स्थानीय ज्ञानलाई अन्तर्राष्ट्रिय दृष्टिकोणबाट विश्लेषण गरेका थिए। प्रदर्शनीले “के थाहा छ?” भन्दा पनि “त्यो ज्ञान कसरी प्राप्त भयो?” भन्ने विषयमा बहस र चिन्तनलाई प्राथमिकता दिएको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि द्युतीमान चौधरीले गरेका थिए। प्रदर्शनी अवलोकनपछि उनले विद्यार्थीहरूले प्रस्तुत गरेको अनुसन्धान, सिर्जनशीलता र वास्तविक जीवनसँग जोडिएको सिकाइको प्रशंसा गरेका थिए।

‘नोअर वाल’ मार्फत प्रत्येक विद्यार्थीको व्यक्तिगत सिकाइ यात्रा र ज्ञानसम्बन्धी दृष्टिकोणलाई प्रस्तुत गरिएको थियो। साथै विद्यार्थीहरूले निर्माण गरेको अनलाइन ‘नलेज हन्ट’ र श्रव्य–दृश्य सामग्रीसहितको ‘टिओके सूचना केन्द्र’ ले अभिभावक, शिक्षक तथा आगन्तुकहरूलाई विषयबारे थप जानकारी प्राप्त गर्न सहयोग गरेको थियो।

आईबी डिप्लोमा कार्यक्रमको महत्वपूर्ण पाठ्यक्रम ‘थ्योरी अफ नलेज’ ले विद्यार्थीहरूलाई ज्ञानको स्रोत, प्रकृति र विश्वसनीयताबारे समालोचनात्मक रूपमा सोच्न प्रेरित गर्ने गर्ने स्कुलले जनाएकाे छ । स्कुलका अनुसार ‘ज्ञान मेला २०२६’ ले विद्यार्थीहरूलाई आफ्नो विचार प्रस्तुत गर्ने, तर्क गर्ने र ज्ञानलाई व्यवहारिक जीवनसँग जोड्ने अवसर प्रदान गरेको छ।

Logo